नेप्से साप्ताहिक समीक्षा, अब के हुन्छ??

काठमाडौं: आइतबार साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब ११ अंक घटेको थियो । कारोबारमा आएका १३ उपससमूहमध्ये ८ उपसमूहको परिसूचक ओरालो लागेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको थियो ।
आइतबारका दिन नेप्से परिसूचक १०.८३ अंक घटेर २९२०.५१ विन्दुमा झरेको थियो । नेप्से ओरालो लागेपनि आइतबार सेन्सेटिभ इण्डेक्स ०.०६ अंक बढेको थियो । त्यसैगरी, आइतबार फ्लोट इण्डेक्स १.२७ अंक घटेको थियो भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंक घटेको थियो ।
आइतबारका दिन २३२ कम्पनीको ८७ हजार ४७८ पटकको कारोबारमा ७ अर्ब ३ करोड ८ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो ।
यस दिन १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको थियो । बढेकामध्ये यस दिन अन्य र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ l भने निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको थियो ।
यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.७७ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन व्यापार, होटल तथा पर्यटन, विकास बैंक, जलविद्युत र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी थियो ।

सोमबार साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक ९९.८६ अंक घटेर बन्द भएको छ। बजार खुलेदेखि नै ओरालो लागेको नेप्से, यस दिन ३.४२ प्रतिशत घटेको थियो ।
सोमबार बजार उच्च अंकले घट्दा पनि यस दिन दुई कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो । यस दिन कुल कारोबार भएका २२८ कम्पनीमध्ये जम्मा ८ कम्पनीको शेयरमूल्य बढेको थियो । जसमध्ये विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको थियो विन नेपाल लघुवित्त, नेपाल सेवा लघुवित्त र विन लघुवित्त एक आपसमा गाभिएपश्चात बनेको कम्पनी हो। यी दुई लघुवित्तले गत कात्तिक १५ गतेदेखि एकिकृत कारोबार शुरु गरेका थिए। मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर गत सातामात्र फुकुवा भएको थियो। त्यसैगरी, बुद्धभुमि नेपालको शेयर पनि गत साता मात्र नेप्सेमा सूचीकृत भइ कारोबारमा आएको कम्पनी हो।
यस सोमबारको दिन ज्योति लाइफ, गोर्खाज फाइनान्स, सानिमा लार्ज क्याप फण्ड, जनउत्थान सामुदायिक लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र सिद्धार्थ बैंकको ऋणपत्रको मूल्य सामान्य बढेको थियो ।
कारोबारमा आएको कर्णाली डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी, आशा लघुवित्त र ओरियन्टल होटलको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको थियो ।
यस दिन नेप्से परिसूचक ९९‍‌‌‍.८६ अंक घटेर २८२०.६५ विन्दुमा झरेको थियो । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १८.२० अंक घटेको थियो भने फ्लोट इण्डेक्स ७.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.१९ अंक घटेको छ। यस दिन २२८ कम्पनीको १ लाख १३ हजार २०५ पटकको कारोबारमा ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ७० लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो ।
कारोबार रकमका आधारमा यस दिन अपि पावर शीर्ष स्थानमा रहेको थियो । सो कम्पनीको यस दिन ३८ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो । त्यसैगरी, यस दिन एनआईसी एशिया बैंकको ३६ करोडभन्दा बढी र अरुण भ्याली हाइड्रोपावरको ३० करोडभन्दा बढीको शेयर कारोबार भएको थियो ।

मंगलबार नेप्से परिसूचक सामान्य घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार करिब १०० अंक घटेर बन्द भएको नेप्से, यस दिन करिब ६ अंक घटेर बन्द भएको थियो ।
यस दिन नेप्से परिसूचक ५.५९ अंक घटेर २८१५.०६ विन्दुमा झरेको थियो । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.०९ अंक, फ्लोट इण्डेक्स ०.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक घटेको थियो ।
यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको थियो । अघिल्लो कारोबार दिन करिब ९ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२९ कम्पनीको ७२ हजार ४०१ पटकको कारोबारमा ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँ बराबरको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर खरिदबिक्री भएको थियो ।
बजार घटेपनि यस दिन दुई कम्पनीको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पनि विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो । त्यसैगरी, यस दिन पोखरा फाइनान्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको थियो भने कालिका लघुवित्त र सामलिङ पावर कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको थियो ।मंगलबार कारोबारमा आएको कृषि विकास बैंकको ऋणपत्रको मूल्य यस दिन सर्वाधिक ८.३४ प्रतिशत घटेको थियो । त्यसैगरी, यस दिन गोर्खाज फाइनान्सको शेयरमूल्य साढे ४ प्रतिशत घटेको थियो

बुधबार पछिल्लो ४ कारोबार दिनमा नेप्से सूचक डेढ सय अंकभन्दा बढीले घटेको थियो । गत ४ दिनमा नेप्से सूचक १५४.७३ अंकले घटेको थियो ।बुधबार पनि नेप्से सूचक ३८.४५ अंकले घटेर २७७६.६१ विन्दुमा झरेको थियो । यस दिन सेन्सेटिभ सूचक पनि ६.५६ अंकले घटेको थियो ।
बुधबार नेप्से सूचकसँगै कारोबार रकम पनि घट्दै गएको थियो । ८ अर्ब माथि पुगेको कारोबार रकम ४ अर्ब रुपैयाँमा झरेको थियो । मंगलबार पाँच अर्ब माथिको शेयर कारोबार भएकोमा बुधबार ४ अर्ब ३१ करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको थियो । यस दिन ९३ लाख ५८ हजार ७०० कित्ता शेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यस दिन विन लघुवित्त र बुद्धभुमि हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको थियो । भने सिइडिभि हाइड्रोपावर र सानिमा जनरल इन्स्योरेन्सको ४ प्रतिशत, मैलुङ्ग खोला जलविद्युत र कालिका माइक्रोफाइनान्सको १.९७ प्रतिशतले बढेको थियो ।
यता पोखरा फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ५.५९ प्रतिशतले घटेको थियो भने सेन्ट्रल फाइनान्सको ४.२८ प्रतिशत, मानुषि लघुवित्तको ४.२४ प्रतिशत, समृद्धि फाइनान्सको ३.६५ प्रतिशत, घलेम्दी हाइड्रोको ३.५० प्रतिशत र एशियन लाइफ इन्स्योरेन्सको ३.४६ प्रतिशतले घटेको थियो ।
बुधबार अपि पावरको सबैभन्दा धेरै १६ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५५ लाख, अपर तामाकोशीको १० करोड ३१ लाख, जलविद्युत लगानी तथा विकास कम्पनीको ९ करोड ८६ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

बिहिवार साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको थियो । अघिल्ला ३ कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से यस दिन भने बढेर बन्द भएको थियो ।
यस दिन नेप्से परिसूचक ३.२९ अंक बढेर २७७९.९३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३८ अंक र फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंक घटेको थियो ।
नेप्से सामान्य अंक बढेपनि यस दिन कारोबार रकम भने घटेको थियो । अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२४ कम्पनीको ५० हजार ९६५ पटकको कारोबारमा ३ अर्ब ३४ करोड ३४ लाख रुपैयाँ बराबरको ६६ लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो ।
यस दिन पनि दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पनि विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन सिईडिबी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने अजोड इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य भने यस दिन सर्वाधिक ४.१४ प्रतिशत घटेको थियो ।
बिहीबार १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ६ उपसमूहको परिसूचक घटेको थियो । यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०४ प्रतिशत बढेको छ। त्यसैगरी, वित्त उपसमूहको ०.६१ प्रतिशत, जलविद्युतको ०.१६ प्रतिशत, लगानीको ०.५४ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.३५ प्रतिशत, लघुवित्तको ०.१० प्रतिशत र अन्यको ०.८० प्रतिशत बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ०.६९ प्रतिशत घटेको थियो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago