काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज बिहान भएको छलफल सकारात्मक हुन नसकेपछि दवाव दिन प्रचण्डले देउवा सरकारमा सहभागी आफ्नो दलका मन्त्रीहरुको छुट्टै बैठक बोलाउनु भएको हो ।
आफूहरुले नेतृत्व गरिरहेका मन्त्रालयबाट जनसेवाका कामलाई कत्तिको प्रभावकारी रुपमा जनमुखी बनाउन सकियो भन्ने विषयमा छलफल गर्न मन्त्रीहरुलाई बैठकमा बोलाइएको बताइए पनि प्रधानमन्त्री देउवाले आफ्नो कुरा नसुनेको गुनासोसहित घेरावन्दीका योजना बनाउन मन्त्रीहरुलाई बोलाइएको हो । प्रचण्डको सचिवालयले सरकार सञ्चालन संयन्त्रको बैठकका रुपमा सिंहदरवारस्थित प्रचण्डकै कार्यकक्षमा मन्त्रीहरुसँग छलफल भइरहेको जनाएको छ ।
बैठकमा पार्टीको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु र राज्यमन्त्रीहरु हुनुहुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रचण्ड र माधवकुमार नेपालसँगको छलफलमा निर्वाचनको बिषयलाई लिएर कांग्रेसभित्र खेल्ने काम नगर्न र कांग्रेसलाई चलाउने दुश्शाहस नगर्न चेतावनी दिनुभएको थियो । प्रधानमन्त्रीको यो भनाईपछि निरास बन्नुभएका प्रचण्डले लगत्तै मन्त्रीहरुको छुट्टै बैठक बोलाउनु भएको हो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…