काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज बिहान भएको छलफल सकारात्मक हुन नसकेपछि दवाव दिन प्रचण्डले देउवा सरकारमा सहभागी आफ्नो दलका मन्त्रीहरुको छुट्टै बैठक बोलाउनु भएको हो ।
आफूहरुले नेतृत्व गरिरहेका मन्त्रालयबाट जनसेवाका कामलाई कत्तिको प्रभावकारी रुपमा जनमुखी बनाउन सकियो भन्ने विषयमा छलफल गर्न मन्त्रीहरुलाई बैठकमा बोलाइएको बताइए पनि प्रधानमन्त्री देउवाले आफ्नो कुरा नसुनेको गुनासोसहित घेरावन्दीका योजना बनाउन मन्त्रीहरुलाई बोलाइएको हो । प्रचण्डको सचिवालयले सरकार सञ्चालन संयन्त्रको बैठकका रुपमा सिंहदरवारस्थित प्रचण्डकै कार्यकक्षमा मन्त्रीहरुसँग छलफल भइरहेको जनाएको छ ।
बैठकमा पार्टीको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु र राज्यमन्त्रीहरु हुनुहुन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रचण्ड र माधवकुमार नेपालसँगको छलफलमा निर्वाचनको बिषयलाई लिएर कांग्रेसभित्र खेल्ने काम नगर्न र कांग्रेसलाई चलाउने दुश्शाहस नगर्न चेतावनी दिनुभएको थियो । प्रधानमन्त्रीको यो भनाईपछि निरास बन्नुभएका प्रचण्डले लगत्तै मन्त्रीहरुको छुट्टै बैठक बोलाउनु भएको हो ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…
नेपाली सेनाले कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म जारी रहने बताएको छ । आज एक…