बगनासकाली गाउँपालिकाको प्रथम चौमासिक समिक्षा

पाल्पा । चालु वर्षमा गरेका योजनाहरु, प्रभाव र बजेट विषयमा सरोकारवालाहरुसँग समिक्षा गरिएको छ ।बगनासकाली गाउँपालिकाको आर्थिक वर्ष ७९/८० को प्रथम चौमासिकको समिक्षा गरिएको हो । कार्यक्रममा नवनिर्वाचित सांसदहरुको सम्मान समेत गरिएको छ ।
गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले गाउँपालिकाका आगामी कार्यक्रमहरुलाई थप कसरी राम्रो बनाएर लैजान्छ भन्ने विषयमा सुझाव सल्लाह लिनको लागि यसप्रकारको कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले आफुहरु निर्वाचित भएपछि जनताहरुकै सुझाव सल्लाह अनुसार विकास योजना तथा पालिकाका गतिबिधिहरुलाई अगाडि बढाएको बताउनुभयो । ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बगनासकाली गाउँपालिकालाई समृद्ध पालिकाको रुपमा विकास गर्ने गरि पालिकाले कार्यक्रम बनाएको बताउनुभयो । उहाँले लोककल्याणकारी कार्यक्रमहरुलाई गाउँपालिकाले बढी प्राथमिकता दिई काम गर्दै आएको बताउनुभयो ।

सो अवसरमा हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित प्रतिनिधिसभा सदस्य ठाकुर गैरे, प्रदेशसभा सदस्य बीर बहादुर राना र अर्का प्रदेशसभा सदस्य इन्द्रा गहतराजलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले बगनासकाली गाउँपालिकाको विकासका लागि संघीय तहबाट हुन सक्ने बजेट र आवश्यकताको विषयमा छलफल गरि प्रस्तावपत्र बनाउन आग्रह गर्नुभयो । उहाँले आफू यो ५ वर्ष जनताको असल सेवकको रुपमा रहने र जनताका आवश्यकताहरुको सम्बोधनमा हरपल लागिपर्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका उर्जा जनश्रोत तथा सिंचाई मन्त्री एवम् प्रदेशसभा सदस्य बीर बहादुर रानाले सबै जना एक भएर लाग्ने हो भने बगानसकालीको विकास सम्भव रहेको बताउनुभयो । उहाँले पालिकाको विकास गर्ने कुरामा कसैले पनि राजनीति नगरी स्वच्छ मनले लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सांसदहरु, जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, पत्रकारहरु लगायत पालिका अन्तरगतका विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago