काठमाडौ: बजेट तर्जुमाका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको छानबिनका लागि गठित संसदीय विशेष समितिले प्रतिवेदनलाई करिब अन्तिम रुप दिएको छ। बिहीबार समिति सचिवालय र सदस्यहरुले परामर्श गरेर प्रतिवेदनलाई अन्तिम रुप दिएका हुन्। शुक्रबार सभामुखसमक्ष प्रतिवेदन बुझाइने छ। समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि अभियोग पुष्टिको प्रमाण फेला नगरेको निष्कर्ष निकालेको छ। तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निष्कर्षमा फरक मत राखेको छ। प्रमाण नभेटिएको नभइ मेटिएको विषय सामेल गर्नुपर्ने एमालेको फरक मत छ।
समिति सचिव सुरेन्द्र अर्यालले प्राविधिक विषय मिलाएर अब प्रतिवेदन बुझाइने बताए। अर्यालले भने, ‘करिब अन्तिम बैठक भएकाले प्रतिवेदन तयारी सम्पन्न भएको छ। प्राविधिक विषय मिलाएपछि सभामुखसमक्ष प्रतिवेदन बुझाइने छ।’ अर्यालले प्रतिवेदनका अन्तर्वस्तु र निर्णय प्रक्रियाबारे बताउन चाहेनन्। तर, एमालेका तर्फबाट समितिमा सदस्य रहेका खगराज अधिकारीले प्रतिवेदनमा आ–आफ्ना पक्षका विषय समेटिएको बताए। अधिकारीले केही विषय सहमतिमै टुंगिए पनि कतिपयमा छलफल नै बाँकी रहेको बताए।
‘प्रतिवेदनमा आ–आफ्ना कुरा समेटिएका छन्। कतिपयमा सर्वसम्मत छ। कतिपयमा छलफल बाँकी नै छ’, बैठकपछि अधिकारीले भने। समितिको मूल प्रतिवेदनमा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को एकमत छ। एमालेका सदस्यहरुले फरक मत राखेका छन्। सभामुख सापकोटालाई बुझाउनुअघि निष्कर्षमा अन्तिम पटक छलफल गर्ने तयारीसमेत छ। बिहीबारसम्म सत्तापक्ष र प्रतिपक्षको फरक निष्कर्षसहितको प्रतिवेदन समितिले तयार पारेको छ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…