एमालेले फरक मत राख्यो, जनार्दनलाई दोषी पुष्टि गर्न संसदीय समितिले ‘भेटेन प्रमाण’

काठमाडौ‌: बजेट तर्जुमाका क्रममा अनधिकृत व्यक्ति प्रवेश गरेको छानबिनका लागि गठित संसदीय विशेष समितिले प्रतिवेदनलाई करिब अन्तिम रुप दिएको छ। बिहीबार समिति सचिवालय र सदस्यहरुले परामर्श गरेर प्रतिवेदनलाई अन्तिम रुप दिएका हुन्। शुक्रबार सभामुखसमक्ष प्रतिवेदन बुझाइने छ। समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि अभियोग पुष्टिको प्रमाण फेला नगरेको निष्कर्ष निकालेको छ। तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निष्कर्षमा फरक मत राखेको छ। प्रमाण नभेटिएको नभइ मेटिएको विषय सामेल गर्नुपर्ने एमालेको फरक मत छ।

समिति सचिव सुरेन्द्र अर्यालले प्राविधिक विषय मिलाएर अब प्रतिवेदन बुझाइने बताए। अर्यालले भने, ‘करिब अन्तिम बैठक भएकाले प्रतिवेदन तयारी सम्पन्न भएको छ। प्राविधिक विषय मिलाएपछि सभामुखसमक्ष प्रतिवेदन बुझाइने छ।’ अर्यालले प्रतिवेदनका अन्तर्वस्तु र निर्णय प्रक्रियाबारे बताउन चाहेनन्। तर, एमालेका तर्फबाट समितिमा सदस्य रहेका खगराज अधिकारीले प्रतिवेदनमा आ–आफ्ना पक्षका विषय समेटिएको बताए। अधिकारीले केही विषय सहमतिमै टुंगिए पनि कतिपयमा छलफल नै बाँकी रहेको बताए।

‘प्रतिवेदनमा आ–आफ्ना कुरा समेटिएका छन्। कतिपयमा सर्वसम्मत छ। कतिपयमा छलफल बाँकी नै छ’, बैठकपछि अधिकारीले भने। समितिको मूल प्रतिवेदनमा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) को एकमत छ। एमालेका सदस्यहरुले फरक मत राखेका छन्। सभामुख सापकोटालाई बुझाउनुअघि निष्कर्षमा अन्तिम पटक छलफल गर्ने तयारीसमेत छ। बिहीबारसम्म सत्तापक्ष र प्रतिपक्षको फरक निष्कर्षसहितको प्रतिवेदन समितिले तयार पारेको छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago