काठमाडौँ: माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी समितिको बैठकमा उनले गठबन्धनको विकल्प खोज्ने पक्षमा उभिन नहुने बताएका हुन् ।
उनले बरु गठबन्धनभित्रै सामाजवादी केन्द्र वा उपगठबन्धन बन्न सक्ने बताए । विगतमा गरिएका गल्ती तथा कमजोरी स्वीकार नगरेको तथा कुनै पनि आत्मआलोचना नगरेका कारण एमालेसँग गठबन्धन हुने ‘च्याप्टर क्लोज’ भएको अध्यक्ष दाहालको भनाइ छ ।
उनले भने, ‘हामी अहिले गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौं, यसैलाई बढी सुदृढ बनाएर निर्वाचनमा जानुपर्छ ।’ बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीको सांगठनिक जीवन एवं अवस्थालगायतका विषयमा छलफल भएको थियो ।
बैठकमा अध्यक्ष दाहालले संविधानको रक्षा, शान्ति संविधानको संवर्द्धनका लागि स्थापना भएको गठबन्धनलाई बलियो बनाउने विषय नै यतिखेरको प्रमुख आवश्यक विषय भएको बताएका थिए । नेता गिरिराजमणि पोखरेलका अनुसार बैठक पुनः शुक्रबार बिहान बस्ने गरी स्थगन भएको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…