सरकारले प्रदेशसभाका पदाधिकारीको सुविधा बढाउने

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाका पदाधिकारीको सुविधा बढाउने तयारी गरेको छ । सुविधा बढाउनका लागि सरकारले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्ने तयारी गरेको हो । ऐन संशोधनका लागि सरकारले प्रदेश सभामा संशोधन विधेयकसमेत यसै साता पेस गरिसकेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले यसै साता संशोधन विधेयक दर्ता गरेका हुन् । विधेयक संशोधन गरेर सरकारले सत्तारुढ र विपक्षी दलका संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकलाई प्रदेशसभा सचिवालयबाट सवारीसाधन, इन्धन, चालकलगायतको सुविधा दिन लागेको हो ।
विद्यमान ऐनअनुसार सभामुख, उपसभामुख, प्रमुख प्रतिपक्षी दलको नेता, सत्तारूढ दलको प्रमुख सचेतक र संसदीय समितिका सभापतिले मात्र गाडी, इन्धन र चालक सुविधा पाउने व्यवस्था छ । सुदूरपश्चिममा हाल तीन दलको संयुक्त सरकार छ । एकीकृत समाजवादी, माओवादी र कांग्रेस सरकारमा छन् । सरकारबाहिर एमाले, जसपा र राजपामात्र छन् । प्रदेशसभामा एमालेका १०, जसपा र राजपाका एक–एक सांसद छन् ।

संशोधन विधेयकअनुसार सत्तारुढ दलहरू एकीकृत समाजवादी, माओवादी र कांग्रेसका संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतक र प्रतिपक्षी दलका प्रमुख सचेतकले पनि उक्त सुविधा प्राप्त गर्नेछन् । हाल यी तीनवटै दलका संसदीय दलका नेता सरकारमा भएकाले उनीहरुले यसअघिदेखि नै सवारीसुविधा प्रयोग गरिरहेका छन् । यीबाहेक अब यी दलका प्रमुख सचेतक र सचेतकहरुलाई पनि प्रदेशसभा सचिवालयले सवारीसाधन, इन्धन र चालक सुविधा उपलब्ध गराउनुपर्नेछ ।

प्रदेशसभाको पहिलो कार्यकालको केही महिनामात्रै बाँकी रहँदा पदाधिकारीको सेवा–सुविधा बढाउन ऐन संशोधन गर्नु अनुुचित भएको कतिपय प्रदेश सांसदहरू बताउँछन् । हाल ५१ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा संशोधित ऐनअनुसार आधाभन्दा बढीले राज्यकोषबाट सवारी सुविधा प्राप्त गर्नेछन् । सभामुख, उपसभामुख, मुख्यमन्त्रीसहित ८ जना मन्त्री, ३ राज्यमन्त्री, ४ संसदीय समितिका सभापति, सत्तारूढ दलका प्रमुख सचेतक, प्रमुख प्रतिपक्षी दलका संसदीय दलका नेता गरी १९ पदाधिकारीले राज्यकोषबाट सवारीसाधनलगायत सुविधा प्राप्त गर्दै आएका छन् । ऐन संशोधन प्रस्तावअनुसार एक–एक जना सांसद रहेको जसपा र राजपा संसदीय दलका नेता, सत्तारुढ तीन दलका प्रमुख सचेतक, सचेक र प्रमुख प्रतिपक्षी दलका सचेतकले पनि सेवा–सुविधा पाउनेछन् ।

विधेयकप्रति सत्तारूढ दलकै सांसदले विमति जनाएका छन् । कांग्रेस सांसद भरतबहादुर खड्काले उत्तराद्र्धमा राज्यकोषमा व्ययभार बढाउने गरी पदाधिकारीले सेवा–सुविधा प्राप्त गर्ने गरी ऐन संशोधन गर्नु गलत भएको बताए । ‘सरकारले संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ,’ उनले भने, ‘हामी आफ्नो विवेकलाई सोधौं, यस्ता ऐन–नियम बनाएर के म्यासेज जाला ? सरकार र सदन आलोच्य हुन्छ ।’

ऐन संशोधनका प्रस्तावक आन्तरिक मामिला तथा कानुनमन्त्री रावलले संवैधानिक दायराभित्रै रहेर सरकारले संशोधन प्रस्ताव गरेको बताए । ‘यस संशोधनको व्यवस्थाले प्रदेश सरकार र प्रदेश सभाको गरिमा बढाउने कुरा हो,’ मन्त्री रावलले भने, ‘प्रस्तावित व्यवस्थाले खासै व्ययभार बढाउँदैन ।’

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago