ललितपुरको पुल्चोकमा रहेको आरोग्य प्रतिष्ठानमा कार्यरत एक चिकित्सकलाई कुटेको आरोप लागेपछि पाँचजना ट्राफिक प्रहरी कारबाहीमा परेका छन् । सोमबार साँझ प्रतिष्ठानका डाक्टर कुलबहादुर घिसिङलाई एक जवानले कुटपिट गरेको अभियोग लागेपछि पाँच जना कारबाहीमा परेका हुन् ।
जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार डा. घिसिङलाई ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले कुटेको प्रारम्भिक जाँचबुझमा देखिएको छ । तर अन्यले पनि रोक्नुपर्नेमा त्यसका लागि भूमिका खेलेको नदेखिएकाले चेकिङमा रहेका पाँचैजनालाई जिम्मेवारीबाट हटाइएको उनले बताए । शाहले भने, ‘अहिले सबैलाई बग्गीखाना फिर्ता पठाइएको छ ।’
डा. घिसिङका तर्फबाट उनकी दिदीले घटनाबारे छानबिन र कारबाहीका लागि माग गर्दै प्रहरीमा निवेदन पनि दिएकी छन् । डा. घिसिङका अनुसार उनी राति पौने ९ बजे ड्युटी सकेर पैदल हिँड्दै कुसुन्तीस्थित घर फर्किरहेका थिए । तर एकान्तकुनस्थित चेक पोइन्ट नजिकै पुगेपछि त्यहाँ जवान थापाले उनलाई कुटपिट गरेका थिए ।
‘राम्ररी हिँड्न सक्दैनस् भन्दै प्रहरीले मलाई कुट्यो, मैले केही गरेको थिइनँ’ घिसिङले भनेका छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…