चिकित्सकलाई कुटेको आरोप लागेपछि पाँचजना ट्राफिक प्रहरी कारबाहीमा

ललितपुरको पुल्चोकमा रहेको आरोग्य प्रतिष्ठानमा कार्यरत एक चिकित्सकलाई कुटेको आरोप लागेपछि पाँचजना ट्राफिक प्रहरी कारबाहीमा परेका छन् । सोमबार साँझ प्रतिष्ठानका डाक्टर कुलबहादुर घिसिङलाई एक जवानले कुटपिट गरेको अभियोग लागेपछि पाँच जना कारबाहीमा परेका हुन् ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार डा. घिसिङलाई ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले कुटेको प्रारम्भिक जाँचबुझमा देखिएको छ । तर अन्यले पनि रोक्नुपर्नेमा त्यसका लागि भूमिका खेलेको नदेखिएकाले चेकिङमा रहेका पाँचैजनालाई जिम्मेवारीबाट हटाइएको उनले बताए । शाहले भने, ‘अहिले सबैलाई बग्गीखाना फिर्ता पठाइएको छ ।’

डा. घिसिङका तर्फबाट उनकी दिदीले घटनाबारे छानबिन र कारबाहीका लागि माग गर्दै प्रहरीमा निवेदन पनि दिएकी छन् । डा. घिसिङका अनुसार उनी राति पौने ९ बजे ड्युटी सकेर पैदल हिँड्दै कुसुन्तीस्थित घर फर्किरहेका थिए । तर एकान्तकुनस्थित चेक पोइन्ट नजिकै पुगेपछि त्यहाँ जवान थापाले उनलाई कुटपिट गरेका थिए ।

‘राम्ररी हिँड्न सक्दैनस् भन्दै प्रहरीले मलाई कुट्यो, मैले केही गरेको थिइनँ’ घिसिङले भनेका छन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago