सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक ८५ प्रतिशत बिरामीमा क्यान्सर रोग देखा परे

उदयपुर: नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक ८५ प्रतिशत बिरामीमा क्यान्सर रोग देखा परेको पाइएको छ । विश्व धुम्रपान दिवसको अवसरमा नेपाल अर्बुद रोग निवारण संस्थाले रामजानकी माध्यमिक विद्यालय मोतिगडामा आयोजना गरेको सुर्तीजन्य पदार्थ र वातावरण विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक प्रस्तुत गरिएको हो ।

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै संस्थाका पुर्व केन्द्रीय सदस्य निगमकुमार कोइरालाले १५ प्रतिशत वंशानुगत र अन्य कारणले बाँकी सबै सुर्तीजन्य पदार्थबाट क्यान्सरको बिरामी हुने गरेको उनले बताए । उनले बार्षिक २७ हजार बढि मानिसहरु सुर्तीजन्य पदार्थबाट मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गरेको थियो ।

विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ । जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने तथ्यांकले देखाएको छ ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलले सुर्तीजन्य पदार्थको असरलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी ऐन, कानुन र निर्देशिका पारित भई लागू भइ सकेको बताए । उनले सबैको स्वास्थ्य सुरक्षा गर्न र सुर्तीजन्य पदार्थ सेवनकर्ताको दरमा कमी ल्याउन सचेतनामुलक अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिए ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी सन्तोष आचार्यले सार्वजनिक क्षेत्रमा मात्र नभई व्यक्तिका घरहरुमा समेत सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाउनु पर्ने बताए । उनले सुर्तीजन्य पदार्थरहित दिवसलाई वर्षैभरि अभियानको रुपमा सञ्चालन गर्नु पर्ने बताए ।

जिल्ला अस्पतालका प्रमुख डाक्टर मुकेश झाले सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग र मधुमेह रोग लाग्ने हुँदा सजकता अपनाउन अनुरोध गरे । सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा मात्र नभइ वातावरणमा नै असर गर्ने भएकोले यसलाई त्याग्नु पर्ने बताए । सुर्तीजन्य पदार्थले प्रत्यक्ष रुपमा मानिसको स्वास्थ्यमा असर गर्नुको साथै वातावरणमा पनि गम्भीर असर गर्ने गरेको उनले बताए ।

पूर्वमन्त्री हरिशंकर परियारले धुम्रपान सेवनलाई रोकथाम र नियन्त्रण गर्न सामाजिक संघसंस्था, विद्यार्थी र युवालाई परिचालन गर्नु पर्ने धारणा राखे । उनले विद्यालयका विद्यार्थी र टोलमा युवालाई समेटेर धूम्रपान निषेध अभियान सञ्चालन गर्नु पर्ने बताए ।
रामजानकी माबि मोतिगडाका प्राचार्य पुन्यबहादुर कार्कीले अभियानलाई कार्यान्वयन चरणमा लैजानु पर्ने बताए । उनले टोल–टोलमा यसका असर बारे बुझाउन सके समुदायलाई परिवर्तनको दिसामा लैजान सकिने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले सबैको साथ सहयोग भए जनचेतना मार्फत धूमपान सेवनलाई नियन्त्रण गर्न सकिने बताए । उनले पछिल्लो समय धुम्रपान युवा पीढीमा बढेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए । संस्थाका सचिब सुमन परियारले बालबालिकालाई अधिकतम उपयोग गर्दै सुर्तीजन्य पदार्थको नियन्त्रण र रोकथाममा लाग्नु पर्ने बताए । उनले बालबालिकाले समयमा नै आफ्ना अभिभावकलाई बालबालिका मार्फत सचेतना जगाईदिने हो भने आफै नियन्त्रण हुने बताए ।

संस्थाका जिल्ला अध्यक्ष लेखबहादुर श्रेष्ठले सुर्तीजन्य पदार्थको धुम्रपान सेवन निषेध अभियान सञ्चालन गर्ने बताएका छन् । उनले प्रत्येक घरघरमा गएर धुम्रपान सेवन विरुद्धको अभियान सञ्चालन गर्ने बताए । संस्थाका सदस्य बंशबहादुर कार्कीले रोग निवारणको लागि सबैको सकृय सहभागिता हुनु पर्ने बताए । उनले व्यक्तिको आनीबानी व्यवहारमा परिवर्तन गर्न सक्यो भने मात्र रोगविरुद्ध त सहजता हुने बताए ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago