उदयपुर: नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक ८५ प्रतिशत बिरामीमा क्यान्सर रोग देखा परेको पाइएको छ । विश्व धुम्रपान दिवसको अवसरमा नेपाल अर्बुद रोग निवारण संस्थाले रामजानकी माध्यमिक विद्यालय मोतिगडामा आयोजना गरेको सुर्तीजन्य पदार्थ र वातावरण विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक प्रस्तुत गरिएको हो ।
कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै संस्थाका पुर्व केन्द्रीय सदस्य निगमकुमार कोइरालाले १५ प्रतिशत वंशानुगत र अन्य कारणले बाँकी सबै सुर्तीजन्य पदार्थबाट क्यान्सरको बिरामी हुने गरेको उनले बताए । उनले बार्षिक २७ हजार बढि मानिसहरु सुर्तीजन्य पदार्थबाट मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गरेको थियो ।
विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ । जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने तथ्यांकले देखाएको छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेलले सुर्तीजन्य पदार्थको असरलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी ऐन, कानुन र निर्देशिका पारित भई लागू भइ सकेको बताए । उनले सबैको स्वास्थ्य सुरक्षा गर्न र सुर्तीजन्य पदार्थ सेवनकर्ताको दरमा कमी ल्याउन सचेतनामुलक अभियान सञ्चालन गर्नु पर्नेमा जोड दिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी सन्तोष आचार्यले सार्वजनिक क्षेत्रमा मात्र नभई व्यक्तिका घरहरुमा समेत सुर्तीजन्य पदार्थ सेवनमा रोक लगाउनु पर्ने बताए । उनले सुर्तीजन्य पदार्थरहित दिवसलाई वर्षैभरि अभियानको रुपमा सञ्चालन गर्नु पर्ने बताए ।
जिल्ला अस्पतालका प्रमुख डाक्टर मुकेश झाले सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग र मधुमेह रोग लाग्ने हुँदा सजकता अपनाउन अनुरोध गरे । सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा मात्र नभइ वातावरणमा नै असर गर्ने भएकोले यसलाई त्याग्नु पर्ने बताए । सुर्तीजन्य पदार्थले प्रत्यक्ष रुपमा मानिसको स्वास्थ्यमा असर गर्नुको साथै वातावरणमा पनि गम्भीर असर गर्ने गरेको उनले बताए ।
पूर्वमन्त्री हरिशंकर परियारले धुम्रपान सेवनलाई रोकथाम र नियन्त्रण गर्न सामाजिक संघसंस्था, विद्यार्थी र युवालाई परिचालन गर्नु पर्ने धारणा राखे । उनले विद्यालयका विद्यार्थी र टोलमा युवालाई समेटेर धूम्रपान निषेध अभियान सञ्चालन गर्नु पर्ने बताए ।
रामजानकी माबि मोतिगडाका प्राचार्य पुन्यबहादुर कार्कीले अभियानलाई कार्यान्वयन चरणमा लैजानु पर्ने बताए । उनले टोल–टोलमा यसका असर बारे बुझाउन सके समुदायलाई परिवर्तनको दिसामा लैजान सकिने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले सबैको साथ सहयोग भए जनचेतना मार्फत धूमपान सेवनलाई नियन्त्रण गर्न सकिने बताए । उनले पछिल्लो समय धुम्रपान युवा पीढीमा बढेको भन्दै यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए । संस्थाका सचिब सुमन परियारले बालबालिकालाई अधिकतम उपयोग गर्दै सुर्तीजन्य पदार्थको नियन्त्रण र रोकथाममा लाग्नु पर्ने बताए । उनले बालबालिकाले समयमा नै आफ्ना अभिभावकलाई बालबालिका मार्फत सचेतना जगाईदिने हो भने आफै नियन्त्रण हुने बताए ।
संस्थाका जिल्ला अध्यक्ष लेखबहादुर श्रेष्ठले सुर्तीजन्य पदार्थको धुम्रपान सेवन निषेध अभियान सञ्चालन गर्ने बताएका छन् । उनले प्रत्येक घरघरमा गएर धुम्रपान सेवन विरुद्धको अभियान सञ्चालन गर्ने बताए । संस्थाका सदस्य बंशबहादुर कार्कीले रोग निवारणको लागि सबैको सकृय सहभागिता हुनु पर्ने बताए । उनले व्यक्तिको आनीबानी व्यवहारमा परिवर्तन गर्न सक्यो भने मात्र रोगविरुद्ध त सहजता हुने बताए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…