अलकत्रा बोकेको ट्यांकर पड्किँदा सात घाइते

सर्लाही: सर्लाहीको गोडैता नगरपालिका–४ रोहुवास्थित तातो अलकत्रा बोकेको ट्यांकर पड्किँदा जलेर सात जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको सर्लाही प्रहरीले जनाएको छ ।

हुलाकी सडक निर्माणका क्रममा गोडैता–४ रोहुवास्थित आज साँझ ६ बजेको समयमा तातो अलकत्रा बोकेको ट्यांकरमा वेल्डिङ्ग गर्ने क्रममा पड्किँदा कामदारसहित सात जना जलेर घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक विजय यादवले जानकारी दिए । गम्भीर घाइते चारलाई काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा रेफर गरिएको उनले जानकारी दिए ।

घाइते हुनेमा गोडैता–४ रोहुवाका वेल्डिङ्ग गर्ने मिस्त्री २० वर्षीय शिवु चौधरी, उनका भाई १९ वर्षीय अनुराग चौधरी, स्थानीय ३५ वर्षीय बिजुली राउत, १९ वर्षीय अभिषेक पटेल, हुलाकी सडक निर्माणमा काम गर्ने कामदार रौतहट माधवनारायण नगरपालिका–४ का ३० वर्षीय सुरेन्द्र हजारी, रौतहट चन्द्रनिगाहपुर नगरपालिका–४ बस्ने ३२ वर्षीय राजीव साह र पर्सा जिल्ला बहुदरामाई नगरपालिका–६ बस्ने ३८ वर्षीय गोपाल यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

जलेर घाइते भएका तीनको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको छ । ईन्दु एण्ड ठोकर एण्ड साह निर्माण कम्पनीले हुलाकी सडकअन्तर्गत सर्लाहीको गोडैतामा कालोपत्र गर्ने काम सुरु गरेको छ । अलकत्रा बोक्ने ना १ क ६०३९ नम्बरको ट्यांकरलाई मर्मत गर्ने क्रममा उक्त घटना हुन पुगेको साह निर्माण सेवाका सञ्चालक नागेन्द्र साहले जानकारी दिए । रासस

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago