दुई सीमास्तम्भ डुबायो, २७७ घरपरिवार प्रभावित, १० लाखको कुखुरा मर्‍यो

झापा: झापामा सोमबार रातिदेखि आएको अविरल वर्षाका कारण २७७ घरपरिवार प्रभावित भएका छन् । वर्षाले जिल्लाका विभिन्न स्थानमा भएको डुबान तथा नदी–खोलामा आएको बाढी गाउँबस्ती पस्दा उनीहरु प्रभावित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गौरीगञ्ज, शिवसताक्षी, गौरादह, बाह्रदशी, बिर्तामोड, झापा, कचनकवल, भद्रपुर, कमल, दमकलगायतका स्थानमा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले आज सार्वजनिक गरेको क्षति विवरणमा उल्लेख छ ।

कचनकवल गाउँपालिका–१ स्थित पिण्डलबारीमा बिरिङ खोलामा आएको बाढीले सो स्थानमा रहेको नेपाल–भारत सीमास्तम्भ (पिलर नं २८, २९) डुबान भई नदेखिने भएको कार्यालयले जनाएको छ ।

त्यस्तै शिवसताक्षी नगरपालिका–१ स्थित हरिदेव ताजपुरियाको कुखुरा फाराममा पानी पस्दा १० लाख ४० हजार बराबरको एक हजार दुई कुखुरा मरेको कार्यालयले जनाएको छ । जिल्लामा मानवीय क्षति भने भएको छैन ।

शिवशताक्षी–११ इलाका प्रहरी कार्यालय झिलझिलेको कार्यालमा पानी पस्दा दुई वटा कम्प्युटरमा क्षति पुगेको छ । यस्तै झापा गाउँपालिका–६ बालुबथानमा तिरिङखोलाको बाँध फुटेकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बाँध बाँध्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा घर तथा पसलहरूमा पानी पसेको छ । जसका कारण चामल, दाललगायतका खाद्य सामग्री नष्ट भएको कार्यालयले जनाएको छ । रासस

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago