काठमाडौँ: रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत कोरिया रोजगारीका लागि कृषि तथा पशुपालन क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षामा मागभन्दा पनि कम परीक्षार्थी उत्तीर्ण भएका छन् ।
कोरिया सरकारले कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ जना श्रमिकले लैजाने गरी माग पठाएको भए पनि भाषा परीक्षामा जम्मा १८ सय ९ जना मात्र उत्तीर्ण भएका हुन् ।
वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले जेठ १९ गतेदेखि असार ३ गतेसम्म लिएको कृषि तथा पशुपालन क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षामा ६ हजार १०६ मध्ये जम्मा १८ सय ९ जना मात्र उत्तीर्ण भएका हुन् ।
कृषि तथा पशुपालन क्षेत्रमा कोरियन भाषा परीक्षाका लागि जम्मा ६ हजार ५ सय ९७ जनाले आवेदन दिएका थिए। जसमध्ये ६ हजार १०६ जनाले परीक्षा दिएका थिए ।
कोरिया सरकारले कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ जना श्रमिकले लैजाने गरी माग पठाएको थियो ।
तर, कोरियाको मागभन्दा ९ सय ३२ जना कम परीक्षार्थी मात्रै भाषा परीक्षणमा उत्तीर्ण भएका छन् । सन् २०२२/२३ मा दक्षिण कोरियाले उत्पादनतर्फ ६ हजार २ सय १३ र कृषि तथा पशुपालनतर्फ २ हजार ७ सय ४१ गरी ९ हजार ६ सय ५४ जना श्रमिक लैजाने भनेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…