कल्पना श्रेष्ठ,दाङ: बाँकेको नरैनापुर गाउँपालिकामा भण्डारण गरिएको १ सय ८५ किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय भगवानपुरले दुई जनालाई भण्डारण गरेको गाँजासहित नियन्त्रणमा लिएको प्रहरी निरीक्षक वीरबहादुर सुनारले बताए । बाँकेको नरैनापुरमा भुस र गहुँभित्र लुकाएर राखेको १८ बोरा गाँजा बरामद गरेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरबाट गएको प्रहरी टोलीले नरैनापुर गाउँपालिका वडा नम्बर ६ को चौबिस विगाह र दोन्द्राका अनिता मौर्य, चिम्मन अहिर र मन्ते भन्ने रामदास मौर्यको घरमा छापा मार्दा गहुँ र भुसभित्र लुकाइराखेको गाँजा फेला परेको हो ।
प्रहरीले ५० वर्षीया अनिता मौर्या र ३१ वर्षीय पारस मौर्यालाई पक्राउ गरेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…