देशमा फेरि भागबन्डाको लागि झुन्डको शुरुवात!!

काठमाडौँ: नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दल को नाममा भागबन्डाको झुन्डको घोषणा गरेका छन् । मंगलबार दिउँसो एक कार्यक्रमका बीच उनले नयाँ दल घोषणा गरेका हुन् ।
भृकुटीमण्डपस्थित रिपोर्ट्स क्लबबाट घोषणा गरिएको ६९ सदस्यीय उक्त दलको सचिवमा डिबी कार्की रहेका छन् । एकता राष्ट्रिय अभियान प्रचार संयोजक निमकान्त पाण्डेका अनुसार समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह मिलेर वामदेवको नेतृत्वमा नयाँ दल घोषणा गरिएको हो ।
उक्त दलमा वामदेवका छोरा हरिसदेव र पत्नी तुल्सा थापा पनि केन्द्रीय समिति सदस्यको रुपमा रहेका छन् । नेता गौतमले यसअघि नै नेकपा एमालेबाट अलगिएर नेकपा एकता अभियान गठन गरेका थिए ।

तत्कालीन नेकपा विघटन भएपछि गौतम नेकपा एमालेमा आवद्ध थिए । एमालेबाट राजीनामा दिएर गौतमले आफ्नै नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका थिए । सोही अभियानको विस्तारित रुपमा हाल पार्टी घोषणा भएको गौतमका स्वकीय सचिव दीपक टमाटाले जानकारी दिए ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago