देशमा फेरि भागबन्डाको लागि झुन्डको शुरुवात!!

काठमाडौँ: नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दल को नाममा भागबन्डाको झुन्डको घोषणा गरेका छन् । मंगलबार दिउँसो एक कार्यक्रमका बीच उनले नयाँ दल घोषणा गरेका हुन् ।
भृकुटीमण्डपस्थित रिपोर्ट्स क्लबबाट घोषणा गरिएको ६९ सदस्यीय उक्त दलको सचिवमा डिबी कार्की रहेका छन् । एकता राष्ट्रिय अभियान प्रचार संयोजक निमकान्त पाण्डेका अनुसार समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा (राष्ट्रवादी) र निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह मिलेर वामदेवको नेतृत्वमा नयाँ दल घोषणा गरिएको हो ।
उक्त दलमा वामदेवका छोरा हरिसदेव र पत्नी तुल्सा थापा पनि केन्द्रीय समिति सदस्यको रुपमा रहेका छन् । नेता गौतमले यसअघि नै नेकपा एमालेबाट अलगिएर नेकपा एकता अभियान गठन गरेका थिए ।

तत्कालीन नेकपा विघटन भएपछि गौतम नेकपा एमालेमा आवद्ध थिए । एमालेबाट राजीनामा दिएर गौतमले आफ्नै नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका थिए । सोही अभियानको विस्तारित रुपमा हाल पार्टी घोषणा भएको गौतमका स्वकीय सचिव दीपक टमाटाले जानकारी दिए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago