ठाउँठाउँमा पहिरोले पाल्पा-बुटवल सडक अबरुद्ध

पाल्पा, १४ असार । गएराती देखि परेको पानीले सिद्धार्थ राजमार्ग अबरुद्ध बनेको छ । राजमार्ग अन्तर्गत दोभान-बुटवल सडकखण्डको ठाउँठाउँमा पहिरो सहित हिलो माटो खसेको छ । विहानै बाट आएको अबिरल वर्षाका कारण दर्जनौ स्थानमा पहिरो खसेकाले सडक पुर्ण रुपमा अबरुद्द बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो । निरन्तर पानी परेकाले पहिरो हटाउन केहि समय लाग्ने बताइएको छ ।  सडकको अवस्था बुझेर मात्र यात्रा गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।  तानसेबाट बुटवल जाने सवारीसाधन प्ररभासमा रोकिएका छन भने बुटवल बाट पाल्पा आउने सवारीसाधन गोलपार्कमा नै रोकिएका छन ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago