दाङ: भारी वर्षा भएपछि शनिबार अपराह्न घोराही बजार जलमग्न भएको छ । बजारका सडकहरुमा पानी भरीभराउ भएर केहीबेर आवतजावत गर्न समेत समस्या भएको थियो ।
खोलामा पानीको सतह बढेको छ । बजारका नालीहरु भरिएर कतिपय पसल र घरमा पानी पसेको छ । पानी पसेर पसलका सामानहरु समेत भिजेका छन् ।
हावाहुरीसहित आएको पानीले बालीनालीमा पनि क्षति पुर्याएको छ । घोराही क्षेत्रमा ठूलो पानी परेको र यसको अभिलेख अझै तयार भैनसकेको मौसम विज्ञान विभाग फिल्ड कार्यालय घोराहीले जानकारी दिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…