काठमाडौं : नेकपा एमालेकी सचेतक शान्ता चौधरीले आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्नेगरी कांग्रेस सांसद गगनकुमारथापाले संसदमा दिएको अभिव्यक्तिमा आपत्ति जनाएकी छन्।
विरामी भनेर संसदमा बसेर सम्बोधन गर्ने र स्वस्थ मानिसजस्तै तीन घण्टा बोल्ने भन्दै थापाले व्यंग्य गरेका थिए। निर्वाचनमा भोगेको पराजयलेरन्थनिएका प्रतिपक्षी दलका नेता बसेर उठेर सुतेर जसरी बोले पनि हुने र आफूहरुले सन्दिएर विचारा बाहेक अरु भन्ने ठाउँ नरहेको थापाकोटिप्पणी थियो।
यसमा आपत्ति जनाउँदै शान्ताले कुर्सीमा बसेको कुरालाई नकारात्मक ढंगले प्रस्तुत गरेको भन्दै प्रतिवाद गरेकी हुन्। स्वास्थ्यका कारणले बसेरसम्बोधन गरेको कुरालाई नकारात्मक ढंगले प्रस्तुत गर्नुले थापामा मानवता हराएको देखिएको उनको टिप्पणी छ।
‘माननीय गगनजी तपाईंलाई म सम्मान गर्छु। तपाईप्रति नेपाली जनताले ठूलो आशा र भरोसा राखेको छ। तर तपाइँ आज प्रतिपक्षी नेतास्वास्थ्यमा समस्या आएपछि बसेर बोलेको कुरालाई नकारात्मक ढंगले संसदमा विरोधाभास ढंगले बोल्दा तपाईमा पनि गठबन्धनको मोहलेमानवता हराउन लागेको हो कि भन्ने भान भयो,’ उनले भनेकी छन्।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…