उदयपुर — उदयपुरको त्रियुगा नगरपालिकामा ३ दिनयता मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसबाट मेयरकाउम्मेदवार वसन्त बस्नेतले ८ सय ३५ मतले अग्रता लिइरहेका छन् ।
बस्नेतले ५ हजार ८ सय २० मत प्राप्त गरेका छन् । उनलाई नेकपा(एकीकृत समाजवादी)का उम्मेदवार बलदेव चौधरीले ४ हजार ९ सय ८५मतसहित पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेका एमालेका उम्मेदवार भागवत राउतले ४ हजार ३ सय ७८ मत प्राप्त गरेको मुख्य निर्वाचनअधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी उपमेयरमा कांग्रेसकै सरिता राईले ५ हजार २ सय ६० मत लिएर अग्रता कायम गरेकी छन् । उनी सुरुदेखि नै अगाडि नै थिइन ।एमालेकी महेश्वरी राईले ४ हजार ८ सय ५५ मतका साथ पछयाइरहेकी छन् । भने तेस्रो स्थानमा माओवादी केन्द्रकी गीता खड्का कार्कीले ३हजार ९ सय ११ मत प्राप्त गरेकी छन् ।
१६ वडा रहेको त्रियुगा नगरपालिकामा अहिलेसम्म १, २, १४,१५ र १६ नम्बर वडाको मतगणना सम्पन्न भई परिणामसमेत सार्वजनिक भइसकेकोसहायक निर्वाचन अधिकृत दिलिप मगरले बताए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…