नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र धरानउपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई गणतन्त्रको फूलबारीका विशिष्ट फूल भएको बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि शनिवार प्रतिनिधि सभा बैठकमा टिप्पणी गर्दै उनले बालेन र हर्कको विजयलाई आफूले संघीय गणतान्त्रिकलोकतन्त्रको फूलबारीभित्र दुई वटा फूलहरू फर्किएको ठानेको बताए । उनीहरूलाई संविधान र संघीय गणतन्त्रको सीमाभित्र बसेर राजनीतिकदलहरूसँगको सहकार्यमा मतदाताबीच आफूहरूले गरेका वाचा पूरा गर्न प्रचण्डले सुझाए ।
प्रचण्डले स्वतन्त्र उम्मेदवारप्रति मतदाता आकर्षित हुनुले राजनीतिक दलहरूले आफ्ना नीतिहरूमा पुनर्विचार गर्ने आत्मसमीक्षा गर्नुपर्ने, उम्मेदवारछनोटमा त्रुटि सच्याउनुपर्ने देखिएको उल्लेख गरे । तर, बालेन र हर्कको जितलाई राजनीतिक दललाई चुनौती भन्ने बुझ्न नहुने बताए ।
‘यो राजनीतिक दलहरूलाई पक्कै पनि चुनौती हो । काठमाडौं र धरानका जनताले समग्रमा प्रश्न खडा गरेकै हो । हामीलाई आफ्ना कमजोरीसच्याउन अवसर पनि हो । चुनौती पनि हो । दुवै मेयरलाई बधाई र धन्यवाद,’ उनले भने ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…