नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र धरानउपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई गणतन्त्रको फूलबारीका विशिष्ट फूल भएको बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि शनिवार प्रतिनिधि सभा बैठकमा टिप्पणी गर्दै उनले बालेन र हर्कको विजयलाई आफूले संघीय गणतान्त्रिकलोकतन्त्रको फूलबारीभित्र दुई वटा फूलहरू फर्किएको ठानेको बताए । उनीहरूलाई संविधान र संघीय गणतन्त्रको सीमाभित्र बसेर राजनीतिकदलहरूसँगको सहकार्यमा मतदाताबीच आफूहरूले गरेका वाचा पूरा गर्न प्रचण्डले सुझाए ।
प्रचण्डले स्वतन्त्र उम्मेदवारप्रति मतदाता आकर्षित हुनुले राजनीतिक दलहरूले आफ्ना नीतिहरूमा पुनर्विचार गर्ने आत्मसमीक्षा गर्नुपर्ने, उम्मेदवारछनोटमा त्रुटि सच्याउनुपर्ने देखिएको उल्लेख गरे । तर, बालेन र हर्कको जितलाई राजनीतिक दललाई चुनौती भन्ने बुझ्न नहुने बताए ।
‘यो राजनीतिक दलहरूलाई पक्कै पनि चुनौती हो । काठमाडौं र धरानका जनताले समग्रमा प्रश्न खडा गरेकै हो । हामीलाई आफ्ना कमजोरीसच्याउन अवसर पनि हो । चुनौती पनि हो । दुवै मेयरलाई बधाई र धन्यवाद,’ उनले भने ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…