आगलागीबाट हुने विपद् जोखिम पूर्वतयारीको प्रयोगात्मक अभ्यास

पाल्पा: पाल्पाको तानसेन टुँडिखेलमा आगलागीबाट हुने विपद् जोखिम पूर्वतयारीको प्रयोगात्मक अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना र नेपाली सेना, प्रहरी, रेडक्रस सोसाइटी, तानसेन नगरपालिकाको संयोजनमा आगलागीको घटनालाई लिएर प्रयोगात्मक अभ्यास गराइएको हो ।
गर्मी मौसममा हुने आगलागीको जोखिमलाई मध्यनजर गरेर विपद् प्रतिकार्यका लागि अभ्यास गरिएको नेपाली सेनाको दि फेमस महेन्द्र दल गणका प्रमुख सेनाली रमेश खड्काले बताए । आगलागी नियन्त्रण, घटनाको तथ्यांक संकलन, खोज उद्धार, प्राथमिक उपचार, आपत्कालीन स्वास्थ्यलगायत विषयलाई अभ्यास गराइएको उनले बताए ।
आगलागीमा पर्नेहरुको उद्धार, घाइतेलाई उपचार, आगलागी नियन्त्रण, सुरक्षाकर्मीको तयारीलगायत विषयलाई प्रयोगात्मक अभ्यासबाट देखाइएको थियो । नेपाली सेनाका सकल दर्जाले विपद् आइपर्दा के गर्ने भन्ने विषयमा अभिनय गरेका थिए । रेडक्रसका स्वयंसेवक, प्रहरीले पनि सघाएका थिए । विपद्का घटना जतिबेला जहाँ पनि हुन सक्ने भएकाले पूर्वतयारी स्वरुप कृत्रिम अभ्यास गराइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

घटना भइहालेमा खोज तथा उद्धार, प्राथमिक उपचार, आपतकालिन स्वास्थ्यसम्बन्धी ज्ञान प्रदान गर्नका लागि पूर्वअभ्यास गराइएको उनले बताए । ‘आगजनीको विषयलाई प्रकोपको कृत्रिम घटना बनाएर खोज, उद्धार, प्राथमिक उपचार, घटनाको विवरण संकलन, आपत्कालीन स्वास्थ्यका विषयमा प्रयोगात्मक अभ्यास गराइएको छ,’ उनले भने, ‘यसबाट सचेतना हुनुका साथै सरोकारवाला निकायको सिकाइ हुन्छ ।’

अभ्यासमा खटिएकाहरु कोही घाइते बनेको अभिनय गरेका थिए । कतिपय उपचार, उद्धारमा खटिएका थिए । नेपाली सेना, प्रहरी पनि अभ्यासमा खटिएका थिए । घाइतेको उद्धार, उपचार, घटनाको विवरणलाई छोटोसमयमा दुरुस्त पारिएको थियो । विपद् व्यवस्थापन समितिलाई विपद्का घटना जहाँ र जहिले पनि हुन सक्ने भएकाले पूर्वतयारी स्वरुप कृत्रिम अभ्यान गराइएको प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए ।

‘टुँडिखेलमा ठूलै विपद् आइलागेको जस्तो भए पनि यो प्रयोगात्मक अभ्यास हो,’ उनले भने, ‘यसबाट सुरक्षा निकायबाट हुने राहत र उद्धारका लागि सिकाइ भएको छ ।’ काम गर्ने निकायलाई आगामी दिनमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा थप निखार आउने भएकाले यस्तो अभ्यासले फाइदा नै पुग्ने सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले बताइन् ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago