आगलागीबाट हुने विपद् जोखिम पूर्वतयारीको प्रयोगात्मक अभ्यास

पाल्पा: पाल्पाको तानसेन टुँडिखेलमा आगलागीबाट हुने विपद् जोखिम पूर्वतयारीको प्रयोगात्मक अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना र नेपाली सेना, प्रहरी, रेडक्रस सोसाइटी, तानसेन नगरपालिकाको संयोजनमा आगलागीको घटनालाई लिएर प्रयोगात्मक अभ्यास गराइएको हो ।
गर्मी मौसममा हुने आगलागीको जोखिमलाई मध्यनजर गरेर विपद् प्रतिकार्यका लागि अभ्यास गरिएको नेपाली सेनाको दि फेमस महेन्द्र दल गणका प्रमुख सेनाली रमेश खड्काले बताए । आगलागी नियन्त्रण, घटनाको तथ्यांक संकलन, खोज उद्धार, प्राथमिक उपचार, आपत्कालीन स्वास्थ्यलगायत विषयलाई अभ्यास गराइएको उनले बताए ।
आगलागीमा पर्नेहरुको उद्धार, घाइतेलाई उपचार, आगलागी नियन्त्रण, सुरक्षाकर्मीको तयारीलगायत विषयलाई प्रयोगात्मक अभ्यासबाट देखाइएको थियो । नेपाली सेनाका सकल दर्जाले विपद् आइपर्दा के गर्ने भन्ने विषयमा अभिनय गरेका थिए । रेडक्रसका स्वयंसेवक, प्रहरीले पनि सघाएका थिए । विपद्का घटना जतिबेला जहाँ पनि हुन सक्ने भएकाले पूर्वतयारी स्वरुप कृत्रिम अभ्यास गराइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

घटना भइहालेमा खोज तथा उद्धार, प्राथमिक उपचार, आपतकालिन स्वास्थ्यसम्बन्धी ज्ञान प्रदान गर्नका लागि पूर्वअभ्यास गराइएको उनले बताए । ‘आगजनीको विषयलाई प्रकोपको कृत्रिम घटना बनाएर खोज, उद्धार, प्राथमिक उपचार, घटनाको विवरण संकलन, आपत्कालीन स्वास्थ्यका विषयमा प्रयोगात्मक अभ्यास गराइएको छ,’ उनले भने, ‘यसबाट सचेतना हुनुका साथै सरोकारवाला निकायको सिकाइ हुन्छ ।’

अभ्यासमा खटिएकाहरु कोही घाइते बनेको अभिनय गरेका थिए । कतिपय उपचार, उद्धारमा खटिएका थिए । नेपाली सेना, प्रहरी पनि अभ्यासमा खटिएका थिए । घाइतेको उद्धार, उपचार, घटनाको विवरणलाई छोटोसमयमा दुरुस्त पारिएको थियो । विपद् व्यवस्थापन समितिलाई विपद्का घटना जहाँ र जहिले पनि हुन सक्ने भएकाले पूर्वतयारी स्वरुप कृत्रिम अभ्यान गराइएको प्रहरी उपरीक्षक जनकबहादुर शाहीले बताए ।

‘टुँडिखेलमा ठूलै विपद् आइलागेको जस्तो भए पनि यो प्रयोगात्मक अभ्यास हो,’ उनले भने, ‘यसबाट सुरक्षा निकायबाट हुने राहत र उद्धारका लागि सिकाइ भएको छ ।’ काम गर्ने निकायलाई आगामी दिनमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा थप निखार आउने भएकाले यस्तो अभ्यासले फाइदा नै पुग्ने सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले बताइन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago