समुन्नत पोखराको आधार, सवल अर्थतन्त्र र पूर्वाधार

पोखरा: सत्तारुढ गठबन्धन पोखराले आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पोखरामा बिहीबार आयोजित पाँच दलीय गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममार्फत साझा चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो ।

‘समुन्नत पोखराको आधार ः सवल अर्थतन्त्र र पूर्वाधार’ भन्ने नाराका साथ घोषणापत्र सार्वजनिक गरिएको छ । पोखरामा रोकिएको विकासलाई अघि बढाउन घोषणापत्र तयार गरिएको गठबन्धनले जनाएको छ ।

पोखरा महानगरपालिकामा गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका नेता धनराज आचार्य र उपमेयरमा कांग्रेस नेतृ कोपीला रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् ।

सो कार्यक्रममा धनराज आचार्यले पोखरेलीलाई धनी बनाउने आधार र पूर्वाधार बनाउनेमा जोड दिए । वडाहरुमा पनि गठबन्धन हुन लागेको जानकारी दिँदै उनले केही वडामा टुंगिन बाँकी रहेको बताए । आपसी सल्लाहमै सबै विषय टुंग्याउने उनको भनाइ छ ।

सोही कार्यक्रममा कोपीला रानाभाटले गठबन्धनबाट उम्मेदवारी दिएका सबै निष्कलंक रहेका दाबी गरिन् । गठबन्धन समयको माग रहेको र ओली प्रवृत्तिको विरोधका लागि पनि रहेको भन्दै उनले गठबन्धनका उम्मेदवार निर्वाचित हुने दाबी पनि गरिन् । पाँच दलीय गठबन्धन स्थानीय तह निर्वाचनसम्मका लागि मात्र नभएर संसदीय चुनावसम्म सँगै जानुपर्ने उनको भनाइ छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago