काठमाडौँ: अभिनेत्री सुहाना थापाले यौनिक अल्पसंख्यकसँग माफी मागेकी छिन् । उनले फेसबुक स्टोरीमा यौनिक अल्पसंख्यकलाई लामो चिठ्ठी लेख्दै यौनिक अल्पसंख्यकलाई मजाकको विषय बनाउने आफूहरूको उद्देश्य नभएको भए पनि अनजानमा त्यस्तो हुन गएकोमा माफी मागेकी छिन् । उनले तीनै शृंखलाको उदाहरण दिँदै गल्ती भएको र आगामी फिल्ममा यस्ता गल्ती नदोहोर्याउने वाचा गरेकी छिन् ।
‘यौनिक अल्पसंख्यकलाई सुन्ने र संरक्षण गर्नुपर्ने दायित्वबाट चुकेकोमा म र मेरो टिमको तर्फबाट माफी चाहान्छु । यौनिक अल्पसंख्यक शिव पार्वतीको रुप हो भन्ने हाम्रो विश्वासका कारण पनि हामीले फिल्ममा यस्ता चरित्रलाई स्थान दिँदै आएका हौँ,’ उनले लेखेकी छिन्, ‘ यो कुरामा हामी चुकेका छौँ तर आगामी दिनमा सच्याउने वाचा गर्दछौँ ।’
‘ए मेरो हजुर’का तीनै शृंखलामा यौनिक अल्पसंख्यकले कथामा ठाउँ पाउँदै आएका छन् । तर पर्दामा देखिने यो समुदायलाई असंवेदनशील तरिकाले प्रस्तुत गरिएको भन्दै सुरुदेखि नै आलोचना हुँदै आएको थियो । अभिनेत्री र फिल्मको निर्माताको रुपमा सुहानाले माफी मागेकी हुन् । फिल्म सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…