अभिनेत्री सुहाना थापाले यौनिक अल्पसंख्यकसँग माफी मागिन

काठमाडौँ: अभिनेत्री सुहाना थापाले यौनिक अल्पसंख्यकसँग माफी मागेकी छिन् । उनले फेसबुक स्टोरीमा यौनिक अल्पसंख्यकलाई लामो चिठ्ठी लेख्दै यौनिक अल्पसंख्यकलाई मजाकको विषय बनाउने आफूहरूको उद्देश्य नभएको भए पनि अनजानमा त्यस्तो हुन गएकोमा माफी मागेकी छिन् । उनले तीनै शृंखलाको उदाहरण दिँदै गल्ती भएको र आगामी फिल्ममा यस्ता गल्ती नदोहोर्याउने वाचा गरेकी छिन् ।

‘यौनिक अल्पसंख्यकलाई सुन्ने र संरक्षण गर्नुपर्ने दायित्वबाट चुकेकोमा म र मेरो टिमको तर्फबाट माफी चाहान्छु । यौनिक अल्पसंख्यक शिव पार्वतीको रुप हो भन्ने हाम्रो विश्वासका कारण पनि हामीले फिल्ममा यस्ता चरित्रलाई स्थान दिँदै आएका हौँ,’ उनले लेखेकी छिन्, ‘ यो कुरामा हामी चुकेका छौँ तर आगामी दिनमा सच्याउने वाचा गर्दछौँ ।’
‘ए मेरो हजुर’का तीनै शृंखलामा यौनिक अल्पसंख्यकले कथामा ठाउँ पाउँदै आएका छन् । तर पर्दामा देखिने यो समुदायलाई असंवेदनशील तरिकाले प्रस्तुत गरिएको भन्दै सुरुदेखि नै आलोचना हुँदै आएको थियो । अभिनेत्री र फिल्मको निर्माताको रुपमा सुहानाले माफी मागेकी हुन् । फिल्म सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago