भरतपुरबाट उम्मेदवारी फिर्ता नलिने पौडेल

काठमाडौं- चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने प्रष्ट पारेका छन् । उनलाई फकाउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन पुगेका थिए । मन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, पौडेलले भने आफू निकै अघि बढिसकेको भन्दै पछि हट्न नसकिने बताएका थिए ।

मन्त्री खाँणले गठबन्धनअनुसार चितवन महानगरपालिका माओवादी केन्द्रको भागमा परेको भन्दै नोमिनेसन फिर्ता लिन आग्रह गरेका थिए । तर, पौडेलले भने बरु अनुशासनको कारबाही भोग्न तयार रहेको बताए ।

‘म फिर्ता नहुने ठाउँमा पुगिसकेको छु । चितवन जिल्ला र साथीहरूको मान मर्यादा, प्रतिष्ठा, उहाँहरूको भविश्वसँग जोडिएको विषय भएकाले मैले एक्लैले निर्णय गर्ने विषय भएन् । जसले गर्दा उम्मेदवारी फिर्ता गर्न सम्भव भएन भन्ने कुरा राखे,’ पौडेलले गृहमन्त्रीसँग भने ।

बिहानको छलफल निष्कर्षमा नपुगेपछि गृहमन्त्री खाँणले पुनः छलफलमा बस्ने बताएका थिए । पौडेलले पनि आफू कुनै पनि हालतमा आफ्नो अडानबाट पछि नहट्ने भन्दै पुनः बस्दा पनि आफ्नो अडान यही रहने प्रष्ट पारेका थिए । ‘गृहमन्त्री खाँणसँग फेरि बस्ने भन्ने कुरा गर्नुभयो । तर, मनोनयन फिर्ता हुने विषय भने असम्भव भएको बताएको छु,’ पौडेलले भने, ‘भरतपुर महानगरको ३२ जना मेयरका दाबेदारमध्ये एकजना म हुँ । मेरो कारणले केन्द्रीय गठबन्धनलाई असर गर्नुपर्ने कुनै कारण छैन ।’

आफूले एउटा सामान्य नागरिकको हिसाबले मेयर पदमा उम्मेदवारी दिएको उनको भनाइ थियो । यसमा अनुशासन उल्लंघन गरेको जस्तो लागेमा कारवाही स्वीकार्न तयार रहेको बताएका थिए । ‘तपाईहरूले पनि एउटा कांग्रेसको कार्यकर्ता भएको नाताले यस्ले उम्मेदवारी दिएछ भन्ने सोच्नुपर्छ । यदि तपाईलाई लाग्छ अनुशासनको सीमा नाघ्यो भने अनुशासनमा कारबाही गर्न सक्ने व्यवस्था पनि छ । त्यसमा मलाई कुनै आपत्ति हुँदैन, त्यसमा मेरो कुनै गुनासो हुँदैन,’ पौडेलले भने ।

आफ्नो उम्मेदवारी गठबन्धनलाई असर पर्ने वा पार्टीमा समस्या हुने गरी भन्दा पनि चितवनमा मतदाताको सम्मानका लागि भएको उनले गृहमन्त्रीसँग स्पष्ट पारेका थिए । ‘यो पार्टी र गठबन्धनको संकट जुन छ त्योसँग मलाई जोडेर हेर्नुभएन । यो त केवल स्थानीय पार्टी बचाउने विषयसँग सम्बन्धित छ,’ उनले भने, ‘केन्द्रसँग कुनै लेनदेन छैन । भोलिसम्म अन्याेलका स्थिति होला । त्यसपछि सहज रूपमा अगाडि जान्छ ।’

उनलाई मेयर पद छाडेको खण्डमा प्रदेश सभा सदस्य बनाउने प्रस्तावसमेत गृहमन्त्री खाँणले राखेका थिए । त्यति मात्र नभएर प्रतिनिधिसभामा समेत लैजाने र मन्त्री बनाउने प्रस्तावसमेत गरिएको थियो । तर, उनले आफू मेयर पदका लागि निकै अघि बढिसकेको र पछि फर्किन सम्भव नरहेको भन्दा प्रस्तावहरू अस्वीकार गरेका थिए ।

पाँच दलीय गठबन्धनको भागबन्डाको आधारमा भरतपुर महानगरपालिका माओवादी केन्द्रको भागमा परेको छ । जहाँबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल मेयरमा उठेकी छिन् । नेपाली कांग्रेसका पूर्वसांसद पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

Comments
Kamal Panthi

Recent Posts

फोरेक्स रेमिटेन्सद्वारा मोवाईल एप्लिकेसन संचालन

जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…

55 years ago

बिर्तामोड रन २०८१: आजैबाट अनलाइन दर्ता खुल्ला

बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…

55 years ago

“उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४ को दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न”

दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…

55 years ago

“सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ: रास्वपा कार्यकर्ताको प्रधानमन्त्रीविरुद्ध नाराबाजी”

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…

55 years ago

“चीनको विद्युतीय क्रान्ति: विश्वका ठूला कार निर्माता संकटमा, बीवाईडीले लियो अग्रस्थान”

काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…

55 years ago

“समर्पण टुर २०२४: लण्डन म्युजिक हलमा सबिन राई एण्ड द फरोजको पहिलो ऐतिहासिक लाइभ प्रस्तुति”

काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…

55 years ago