बिजुली आपूर्तिमा समस्या , लोडसेडिङको समस्या आउने!

काठमाडौँ: भारतबाट फेरि बिजुली पाइन छाडेपछि नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकको लोड कटौती गर्न थालेको छ । उद्योगहरूलाई जानकारी दिएर लोड कटौती गर्न थालिएको प्राधिकरणले जनाएको छ । यद्यपि घरायसी र सामुदायिक ग्राहकका लागि भने बिजुली काटिने छैन ।

नेपालले अहिले इन्डियन इनर्जी एक्सचेन्ज मार्केटबाट निकै थोरै मात्र बिजुली पाइरहेको छ । बिहारले पनि प्रसारणलाइन सुधारको काम चलिरहेको भन्दै केही दिनयता बिजुली दिन छाडेको छ । युक्रेनमाथि रुसको आक्रमणको असरका रूपमा कोइला तथा प्राकृतिक ग्यासको अभाव र मूल्यवृद्धिका कारण भारतमा बिजुली उत्पादन घटेको छ । मागअनुसार उत्पादन नभएपछि मूल्यसमेत बढिरहेको छ । यसरी क्षेत्रीय संकटका रूपमा ऊर्जा संकट देखिएकाले उद्योगलाई बिजुली कटौती गर्नुपरेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
‘अहिले भारतबाट बिजुली पाउन छाड्यो । करिब १०/१५ दिन हामीलाई औद्योगिक ग्राहकको बिजुली काट्नुपर्ने हुन सक्छ,’ घिसिङले भने, ‘दिउँसो त बिजुली काट्दैनौं । पिक समय र रातको समयमा कुन उद्योगमा कति बिजुली काटिन्छ भन्ने जानकारी दिन्छौं ।’ बिजुली आपूर्तिको अवस्थाअनुसार उद्योगहरूले कुनै दिन पूर्ण लोड र कुनै दिन आंशिक लोड पाउनेछन् ।

अहिले नेपालमा करिब ३ सय मेगावाट बजार बिजुली अपुग रहेको प्राधिकरणले जनाएको छ । उक्त माग भारतबाट आयात गरेर पूरा गरिँदै आएको थियो । भारतमा उत्पादन हुने कुल बिजुलीमध्ये ७० प्रतिशत बराबर कोइला र थर्मल प्लान्टबाट हुने गरेको छ । अहिले भारतमा कोइला र प्राकृतिक ग्यासको अभाव छ, जसकारण त्यहाँ बिजुली नै पाइन छाडेको हो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago