माधब नेपाल ले आफ्नो योजना कहिले देखि सुनाउने !!

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी शक्तिहरुसँग भेटेर खतरनाक योजना बनाउने गरेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली विगतदेखि नै गणतन्त्रको पक्षमा नभएको बताए ।

‘जब गणतन्त्रको बारेमा हाम्रो पार्टी केन्द्रीय कमिटीमा बहस गरिरहेका थियौँ । पार्टीको केन्द्रीय नेतृत्वभित्र नै विवाद भयो । पुराना नेताहरु मध्येका नेताहरुले नै गणतन्त्र ल्याउन सम्भव छैन भने,’ नेपालले भने, ‘तर केन्द्रीय कमिटीको अत्याधिक बहुमतले गणतन्त्र ल्याउन सम्भव छ भन्यो । सम्भव छ भन्ने कुराको अगुवाई मैले गरें । सम्भव छैन भन्ने कुराको अगुवाई केपी ओलीले गरे ।’

तत्कालीन एमालेमा आफ्नो पक्षमा रहेका ‘दश भाइ’ नेताहरुकै सहारा र सहयोगमा ओलीविरुद्धमा लागेको भए पनि उनीहरुबाट धोका पाएको नेपालले बताए ।

‘दश भाइको साहारामै म अगाडी बढेको थिएँ, र सहयोग पनि गरेका हुन् । चुनौती दिने बेलामा पनि साथ दिएकै हुन्,’ नेपालले भने, ‘तर ऐन, मौकामा धोका दिने स्थिति बन्यो । एक्लो म रहनुपर्ने स्थिति बन्यो ।’

अध्यक्ष नेपालले ओलीसँग विद्रोह गर्न नसकेकाहरु एमालेमा निरीह भएर बसेको टिप्पणी गरे । उनीहरुलाई कमिटीमा एक शब्द पनि बोल्न नदिइएको, छलफल र परामर्शमा भाग लिन नदिएको भन्दै उनले त्यसैगरी बेइजत नहुनका लागि एमाले छाडेको बताए ।

‘किन पार्टी फोड्नु भयो त ? किन पार्टीबाट अलग हुनु भयो त ? किन केपी ओलीसँगै बस्नु भएन त ? भनेर प्रश्नहरु तपाईहरुको बिचमा उठ्ने गर्दाहोलान् । तर प्रमाण आफैं पर्याप्त छ,’ उनले भने, ‘कमिटीमा एक शब्द बोल्न नदिने कुरा देखिसकेपछि, छलफल, परामर्श हुन नदिने स्थिति देखेपछि त्यहाँ बेइजत हुनका लागि हामी बस्नुपर्थ्यो त ? त्यहाँ त हातपात गर्न पनि बेर छैन ।’

एमालेमा नेताहरुको मानमर्दन गर्नका लागि गुण्डा जमात तयार गरेको आरोप नेपालले लगाए । ‘नेताहरुको मानमर्दन गर्नलाई त छँदैछ, साइबर स्याल,’ उनले भने ‘त्यसको अग्रपंक्तिमा केपी ओली बसेका छन् । जसले अरु कसैको मान, मर्यादा, इज्जत, प्रतिष्ठा, कदर केही पनि गर्दैन ।’

अध्यक्ष नेपालले समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्थामा पार्टी उभिएमा वामदेव गौतमले समाजवादीमा आउन चाहेको बताए । तर केपी ओलीले प्रत्यक्ष निर्वाचित कार्यकारी भएर पाँच वर्ष चलाउन पाए आफूहरुको हड्डी जाँतोमा पिसेर सिध्याइदिने भन्दै त्यसो गर्न नसकिने जवाफ दिएको उनले बताए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago