किन कांग्रेसलाई भोट माग्न सकेनन् पौडेलले !

काठमाडौँ: कांग्रेस नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बलियो बन्न दिन नहुने बताएका छन् । सोमबार केन्द्रीय कार्यसमितिको बैठकमा आफ्ना विचार राख्दै पौडेलले एमालेलाई साइजमा राख्नुपर्ने बताएका हुन् ।

अहिलेको लडाइँ एमालेविरुद्ध भएकाले पनि गठबन्धन जरुरी भएको पौडेलको भनाइ थियो । नेकपा एकीकृत समाजवादी र माओवादीलाई मत दिएर भए पनि एमालेलाई साइजमा राख्नुपर्ने उनको भनाइ छ । पौडेलले बैठकमा भने, ‘ओलीलाई बलियो बन्न दिनुहुन्न । बरु समाजवादी र माओवादीलाई मत दिएर एमाले साइजमा राख्नुपर्छ । लडाइँ एमालेविरुद्ध हो । गठबन्धन जरुरी छ ।’
जारी केन्द्रीय कार्यसमिति बैठकमा आगामी स्थानीय तहको चुनावमा गठबन्धन गर्ने/नगर्ने भन्ने विषयमा बहस भइरहेको छ । नेता शेखर कोइराला, महामन्त्री गगन थापाले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताइरहँदा सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने गठबन्धन गरे सबै सिट जितिने बताएका छन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago