सूर्य चिह्नबाट चुनाव लडेका सांसद गुप्ता एमाले प्रवेश

काठमाडौँ: २०७४ को चुनावमा सूर्य चिह्नबाट चुनाव लडेका सांसद वृजेश गुप्ता औपचारिक रुपमा एमाले प्रवेश गरेका छन्। स्वतन्त्र राजनीतिक समूहको रुपमा हृदयेश त्रिपाठीको समूहबाट उनी एमालेसँग गठबन्धन गर्दै चुनाव जितेका थिए ।

सोमबार कपिलवस्तुमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले गुप्तासहित विभिन्न दलका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् ।
सूर्य चिह्नबाट जितेकाले उनको कानुनी हैसियत एमालेकै सांसदको थियो । तर, हृदयेश त्रिपाठी र गुप्ताले आफूलाई स्वतन्त्र सांसदको रुपमा चिनाउँदै आएका थिए । उनीहरु तत्कालीन तमलोपा पार्टीमा थिए । तमलोपा अन्य पार्टीहरुसँग एकीकरण गर्ने निष्कर्षमा पुगेपछि त्रिपाठी, गुप्ता लगायतका नेताहरु असन्तुष्टि जनाउँदै एकीकरण प्रक्रियामा सामेल भएका थिएनन् ।

उनीहरुले स्वतन्त्र समूह बनाएर गत चुनावमा एमालेकै चिह्नमा चुनाव लड्ने गरी सहकार्य गरेका थिए । अहिले त्रिपाठीले भने जनता प्रगतिशील पार्टी नामक नयाँ दल गठन गरिसकेका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago