काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन सरकारका सबै मन्त्रीले चित्तबुझ्दो काम गर्न नसकेको भन्दै प्रश्न उठाएका छन् । सोमबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री थापाले गठबन्धन सरकारका सबै मन्त्रीले गरेका गलत कामको भारी कांग्रेसका उम्मेदवारलाई बोकाउन नमिल्ने बताए ।
गठबन्धनको सरकार छ, नेतृत्वमा कांग्रेस छ । तर, सरकारको डेलिभेरी चित्तबुझ्दो छैन । यस्तो कुराले चुनावमा अर्थ राख्छ,’ उनले भने, ‘गठबन्धन छ भन्दैमा सबै मन्त्रीका गलत कामको भारीले कांग्रेसका उम्मेदवारलाई बोकाइनु हुँदैन । त्यसैले चुनावमा गठबन्धन नगरौँ ।’
कम्युनिस्टहरू हिजो सरकारमा हुँदा समेत जनताको पक्षमा काम गर्न नसकेको उल्लेख गर्दै अहिले कम्युनिस्टहरूले स्थिरता दिन नसकेको तथा संविधान र लोकतन्त्रमाथि आक्रमण गरेको विषयलाई चुनावी एजेन्डा बनाएर जानुपर्ने बताए ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…