जापान । टोकियोस्थित सिनओकुबोर ओकुबो रेल स्टेशनको बीच भागमा रहेको ‘रातो माटो’ नामक टिपिकल नेपाली रेष्टुरेन्टले नेपाली देखी जापानीहरुको समेत मन जीतेको छ ।
फरक शैलीमा स्थापना भएको रातो माटो नामक टिपिकल नेपाली रेष्टुरेन्ट गत अक्टुबर ७ तारिखबाट औपचारिक रूपमा एभरेष्ट ट्रेड कम्पनीले संचालनमा ल्याएको उक्त रातो माटोमा अनुभवी नेपाली व्यवसायीहरुको लगानीमा सन्चालन भएको संचालक शिवहरि पौडेलले जानकारी दिनु भयो ।
रातो माटो नाम सुन्दा जति विशेष छ, त्यहाँको परिकार तथा पस्कने सर्भिस गर्ने तरिका पनि विशेष रहेको छ । “रातो माटो”मा मट्का चिया, मट्का बिरियानी ,मट्का करी जस्ता सबै परिकारहरु माटोका भाँडामा बनाईने तथा दिईनेछ । विशेष आन्तरिक सजावटमा तयार पारिएको रेस्टुरेन्ट भित्रपस्दा नितान्त फरक र बसौ बसौ लाग्ने आकर्षक डिजाईनमा निर्माण भएको छ ।
सातौँ तल्लामा रहेको “रातो माटो”बाट टोकियो सिन्जुकु सहरको आकर्षक दृश्यहरु हेर्दै फरक, स्वादिष्ट र स्वास्थ्यवर्द्धक विभिन्न खानाका परिकारहरुमा रमाउन सकिनेछ । नेपालीहरुको बाक्लो बस्ती रहेको शिनओकुबो सजिलो लोकेशनमा रहेको छ ।
#भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्न सक्नुहुनेछ#
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…