११ बुँदे प्रतिबद्धता सहित विवाद टुङ्गियो, टार्गेटको स्ल्याब घट्यो

काठमाडौं: नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आन्दोलनमा रहेका अभिकर्ताको मागलाई संबोधन गर्दै अभिकर्ताले पेश गरेका १८ बुँदे माग मध्ये ११ वटा बुँदे मागलाई तत्काल पुरा गर्न सहमतिपत्रमा संझौता गरेको छ । यस मध्ये ७ वटा माग पुरा भइसकेको कम्पनीले जनाएको छ । माग पुरा नभएका बुँदाको हकमा भने प्रतिवद्धता व्यक्त गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षमा अभिकर्ताहरुको टार्गेटको स्ल्याब बढाए पछि असहमति जनाउदै आन्दोलनमा उत्रिएका थिए । अभिकर्ताको चरणबद्ध आन्दोलन तथा विरोध पछि कम्पनीले उनिहरु सँग पटक पटक छलफल तथा वार्ता गरेको थियो ।

अभिकर्ताहरुले कम्पनीलाई बोनसदर घटेको भन्दै बोनसदरलाई यथावत राख्न अनुरोध गरेका थिए । सोहि अनुरुप कम्पनीले फ्युचर बोनस प्रोभिजनिङका कारण बोनस दर घटेको र आगामी वर्षमा कम्तिमा पहिलाको वर्षमा दिदै आएको बोनसदर पुर्याउन प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

त्यस्तै हाल कायम रहेको सेल्फ कोडको संरचनामा केहि परिमार्जनका लागि अभिकर्ताहरुले गरेको अनुरोधलाई संबोधन गर्दै कम्पनीले संरचना परिमार्जन गर्न सहमत भएको छ । बीमालेख समर्पण तथा बीमालेख कर्जाका सम्बन्धमा बीमा समितिले जारी गरेको जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ को दफा १० ले गरेको समर्पण मूल्य तथा ऋण सम्बन्धी व्यवस्थाको अधिनमा रही कार्य सम्पादन गर्न कम्पनी र अभिकर्ताहरु सहमत भएका छन् ।

अभिकर्ता कर्जाका सम्बन्धमा यस अघि भए गरेका कार्यहरुलाई बीमा समितिले २०७८ बैशाख २ गतेको परिपत्र मार्फत रोक लगाएको थियो । उक्त परिपत्र भन्दा अगाडी अभिकर्ताले लिएको कर्जा असुली प्रकृयाँलाई संघले सहयोग गर्ने कुरामा सहमति भएको छ । कम्पनीले समयसापेक्ष तथा जनमुखी बीमा योजना ल्याउदै आएको भन्दै विद्यमान बीमा बजारले बृहत अध्ययन गरी नविन तथा प्रतिस्पर्धी बीमा योजना ल्याउन कम्पनी सधै क्रियाशिल रहने विषयमा अभिकर्ताहरुले सहमति जनाएका छन् ।

कम्पनीमा आवद्ध नयाँ तथा पुराना सबै अभिकर्तालाई समय समयमा तालिम तथा क्षमता अभिबृद्धि कार्यक्रमको व्यवस्था गर्दै अभिकर्ताको व्यवसाय बृद्धिमा विशेष ध्यान दिएको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न माध्यमबाट कम्पनीको अभिकर्ता हुन इच्छुक आवेदकहरुलाई आवस्यक तालिम दिई कम्पनीमा तोकिएको व्यवसाय गर्ने हाल कायम एमहरुलाई नै उक्त नयाँ अभिकर्ताहरु दामासाहीमा प्रदान गरेको जसबाट सून्य कोडको समस्या समाधान भएको सहमतिपत्रमा उल्लेख छ ।

कम्पनीले मृत्यु दाबीका सम्बन्धमा विशेष कार्ययोजना बनाई अघि बढेको । हाल कम्पनीले बीमाका लागि आवस्यक पर्ने सम्पुर्ण कागजातहरु दाबीकर्ताले समयमा नै उपलब्ध गराएको खण्डमा दुर्घटना मृत्यु दाबीलाई ४८ घण्टामा र साधारण मृत्युदाबीको हकमा पन्ध्र दिन भित्र दाबी भुक्तानी गर्ने व्यवस्थाको थालनी गरिसकेको र सोहि अनुसार काम गर्ने भन्दै सहमतिपत्रमा हस्ताक्षर भएको छ । अर्ली क्लेम तथा शंकास्पद ढंगबाट भएको मृत्यु वा मृत्युदाबी अवस्थामा थप अनुसन्धान आवस्यक पर्ने हुँदा सोही बमोजिम गर्ने गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचार संहिताको व्यवस्था गरी सोको व्यवस्थापन गरिसकेको कम्पनीले जनाएको छ । सोको अनुगमनलाई थप सुदृढ गर्न कम्पनी प्रतिवद्ध भएको समंझौतापत्रमा उल्लेख छ ।

म्यादी जीवन बीमाका विषयमा सेल्फ कोडमा चार लाख रुपैयाँ र सो भन्दा माथिको प्रथम बीमाशुल्क संकलन गर्ने एमहरुको हकमा कम्पनीको दुई लाख बराबरको म्यादी जीवन बीमालेख प्रदान गरिने सहमति भएको छ । सोमा कुनै स्वास्थ्य परिक्षण खर्च लाग्ने भएमा सो बापतको खर्च एम स्वयंमले व्यहोर्ने सहमति भएको हो । कम्पनीले समय समयमा कर्मचारीको दरबन्दी पहिचान गरी सोका लागि पदपुर्ती समिति मार्फत पारदर्शी ढंगबाट उक्त दरबन्दीमा योग्य एवं अनुभवी कर्मचारी भर्ना गरी सो को व्यवस्था गर्ने गरेको भन्दै सहमतिपत्रमा उल्लेख गरेको छ ।

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago