काठमाडौं: सोमबार नेप्से सूचक २९.९८ अंकले घट्दा दुई कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । सर्वाधिक धेरै बढ्नेमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जीङ पावर कम्पनी रहेका छन् । राष्ट्र उत्थानको शेयर मूल्य ९० रुपैयाँले बढेर ९९१ रुपैयाँ कायम भएको छ । त्यस्तै इमर्जिङको ८३ रुपैयाँले बढेर ९२० रुपैयाँ कायम भएको छ ।
आजैदेखि कारोबार सुरु भएको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य पनि ६.१० प्रतिशतले सुधार भएको छ । नेष्डोको पहिलो कारोबार ७४८ रुपैयाँमा म्याचिङ भएको थियो । यहि म्याचिङ मूल्यका आधारमा आज ४५ रुपैयाँले बढेर ७९३ रुपैयाँ पुगेको हो ।
सर्वाधिक धेरै बढ्नेमा क्रमश ङादी ग्रुप पावरको २.२९ प्रतिशत, जीवन विकास लघुवित्त २.०६ प्रतिशत, तरागाँउ रिजेन्सी २ प्रतिशत, जाल्पा सामुदायिक १.९८ प्रतिशत, मैलुङ खोला १.४५ प्रतिशत र विन नेपाल लघुवित्त १.३७ प्रतिशतले सुधार भएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…