काठमाडौँ : कोभिड-१९ संक्रमितमा अक्सिजन मात्रामा एक्कासी कमी आउन सक्छ । यसरी अचानक अक्सिजन घट्नु खतरनाक पनि हुन सक्छ । कोभिड-१९ को लहरमा देखा परेको ‘डबल म्युटेन्ट कोरोना भेरियन्ट’ले संक्रमितहरूमा श्वासप्रश्वाससँग सम्बन्धित समस्या बढी देखिएको छ ।

अस्पतालमा बेड र अक्सिजनको कमीका कारण भारतमा थुप्रैले ज्यान गुमाएपछि नेपालमा पनि अक्सिजन अभावलाई लिएर चिन्ता बढ्न थालेको छ । उद्योगीहरूले नेपालमा अक्सिजन अभाव नभए पनि सिलिन्डरको अभाव रहेको बताइरहेका छन् । तर भयावह स्थिति आएमा अक्सिजन अभाव हुनसक्ने भन्दै नागरिकहरूमा चिन्ता बढेको छ । त्यसकारण अक्सिजनको अभाव कम गर्न परम्परागत घरेलु उपायहरू सामाजिक सञ्जालमा सेयर गर्दैछन् ।

रमा सिंहले मंगलबार बिहान फेसबुकमा एउटा फोटोसहित अक्सिजन लेभल कम हुँदा गरिने पुरानो उपाय सेयर गरिन् । उनको उपाय थियो- ‘मुलायम सुती कपडामा ३/४ टुक्रा कपूर, ३/४ वटा ल्वाङ, १ टेबल चम्चा ज्वानो र २/३ थोपा निलगिरीको तेल राखेर पोको पारेर बाँध्‍ने र बेला बेलामा सुँघ्‍ने । सुँघिसकेपछि प्लास्टिकको जिपर ब्यागमा सुरक्षित राख्‍न सकिन्छ ।’

नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीका अनुसार यस्ता थुप्रै परम्परागत विधि नेपाली समाजमा छन् । तर थुपै विधिहरू वैज्ञानिक रूपमा पुष्टि भइसकेका छैनन् । त्यसैले यस्ता उपायहरू अपनाउँदा ख्याल राख्‍न सुझाउँछन् । तर वैज्ञानिक रूपमै पुष्टि भइसकेका अन्य विधि भने अपनाउन सकिन्छ ।

बिरामीहरूले शरीरमा अक्सिजनको मात्रा ९४ भन्दा बढी हुनुपर्ने हुन्छ । यसको लागि अनुलोम विलोम पनि एउटा उपाय हुन सक्ने ज्ञवाली बताउँछन् । अनुलोम विलोममा पलेँटी कसेर मेरुदण्ड सिधा पारेर बस्‍ने र नाकको दुई प्वालमध्ये एकबाट हावा लिएर दोस्रोबाट छोड्ने गरिन्छ ।

घोप्टो परेर ‘प्रोनिङ पोजिसन’ मा बस्दा पनि शरीरमा अक्सिजनको संचार वा प्रवाह बढ्न सक्ने ज्ञवाली बताउँछन् । ज्ञवालीका अनुसार ‘प्रोनिङ’ गर्दा कुनै पनि बिरामी भेन्टिलेटरसम्म पुग्‍ने सम्भावना कम हुन्छ । श्वासप्रश्वाससँग सम्बन्धित ‘एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम’ को उपचारको लागि पनि यो ‘प्रोनिङ’ फाइदाजनक मानिन्छ । दिनमा हरेक ३० मिनेटदेखि दुई घण्टासम्म यो ‘प्रोनिङ’ गर्दा अक्सिजनको लेभल सुधार गर्न सकिन्छ । ज्ञवाली ‘प्रोनिङ’ का पनि थुप्रै तरिका रहेको बताउँछन ।

पहिलो तरिका : सुरुमा घोप्टो परेर सुत्‍ने । त्यसपछि दुई वटा सिरानी वा तकिया लिने । एउटालाई गर्धनको मुनी र अर्काे घुँडामुनी राख्‍ने । छातीको मुनी सिरानी पनि राख्‍न सकिन्छ । त्यस्तै टाउको बायाँ वा दायाँ पट्टी फर्काएर घोप्टो परी सुतेर यो अभ्यास गर्न सकिन्छ । त्यस्तै हातहरूलाई टाउको नजिकै फिजाएर राख्‍ने र त्यसपछि बिस्तारै गहिरो-गहिरो सास लिने ।

दोस्रो तरिका : कोल्टो परेर सुत्दै दायाँ वा बाँया हातलाई खुम्चाएर टाउको मुनी सिरानीको रूपमा राख्‍ने । त्यस्तै खुट्टालाई खप्ट्याएर राखेर पनि प्रोनिङ गर्न सकिन्छ ।

तेस्रो तरिका : सिधा भएर बस्‍ने । दुवै खुट्टालाई एक आपसमा जोडेर राख्‍ने । कम्मरलाई ९० डिग्रीमा नराखी लगभग १२० डिग्रीमा झुकाएर राख्‍ने ।

त्यस्तै डा. ज्ञवालीका अनुसार गिलासको पानी र स्ट्र पनि अक्सिजनको मात्रा बढाउने उपयोगी साधन हुन् । यसको लागि सुरूमा गिलासमा पानी राख्नुपर्छ । मुखमा बाहिरको हावा भर्नुहोस् र स्ट्रको सहायताले गिलासको पानीमा बिस्तारै उक्त हावा छोड्ने । यसरी पनि अक्सिजन सञ्चार राम्रो बनाउन सकिन्छ ।

उनका अनुसार कोभिड संक्रमण भएपछि शरीरमा पानीको मात्रा कमी हुन दिनुहुँदैन । ‘पानीको मात्रा पुगे फोक्सोलाई अक्सिजन लिन सजिलो हुने बैज्ञानिक आधार छ,’ उनी भन्छन्, ‘झोलिलो खानेकुराहरू धेरै खानुपर्छ । टुसा उम्रिएको चना उमारेर झोल बनाउने, ज्वानोको झोल, कुरिलोको झोल, मासुको झोल बनाएर खाँदा राम्रो गर्छ । त्यसैले कहिलेकाहिँ जीवनजल बनाएर खानुपर्छ ।’

Kamal Panthi

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago