स्थानीय निर्वाचनमा सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने

डडेल्धुरा: पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले आसन्न स्थानीय निर्वाचनमा सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताएका छन्। सोमबार प्रेस युनियन डडेल्धुरा शाखाले गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।

सिंहदरबारका लागि गठबन्धन भए पनि स्वच्छ रूपमा गठबन्धन नहुन सकेको उनको भनाइ छ। उनले केही प्रदेशमा गठबन्धन भए पनि सुदूरपश्चिममा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको बहुमत रहेकाले सरकारमा आफूहरू अटाउन नसकेको बताए।

‘हामीहरू सरकारमा नरहेर पनि साथ दिइरहेका छौं,’ उनले भने, ‘यदि गठबन्धन हो भने त सुदूरपश्चिममा कांग्रेस सरकारमा हुनु पथ्यो। प्रदेश सरकारमा कांग्रेसलाई ल्याउन नचाहेकाले गठबन्धनको सम्भावना टाढिएको छ।’

सरकारमा रहेका दलबाट कांग्रेसलाई पेल्ने मात्र काम भएको उनले जिकिर गरे। ‘उहाँहरू र हाम्रो आवश्यकता भएको ठाउँमा मात्र गठबन्धन हुन्छ। चुनाव नजिकिँदै गर्दा पनि अहिलेसम्म छलफल वा वार्ता केही हुन सकेको छैन। गठबन्धन गरौं भनेर हामी कसको दैलोमा जाने ? त्यसैले हामीले जनतालाई कांग्रेस एक्लै चुनावमा जाने सन्देश दिएका छौं,’ उनले भने।

संस्थापन इतर पक्षका नेता हरिप्रसाद भट्टले अमरगढी नगरपालिकाको प्रमुखमा दिएको उम्मेदवारीको विषयमा बोल्दै उनले कांग्रेसको माध्यमबाट उम्मेदवारीको चाहना आउनुपर्ने बताए। केही दिनभित्र डडेल्धुराका पूर्वसभापति कर्ण मल्लसँग कुराकानी गरेर उनको चाहना के हो र के चाहन्छन् भनेर पार्टीले छलफल गर्ने उनी बताउँछन्।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago