शेरबहादुर देउवा र शेखर कोइरालाबीच मिटिङ्‌मै भयो लफडा

काठमाडौं: कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच नोकझोंक भएको छ । कोइरालाले गठबन्धन किन र केका लागि गर्ने भन्दै सभापति देउवालाई प्रश्न गरेका छन् ।

‘रुष्ट कार्यकर्तालाई सम्बोधन नगरी कसरी अघि बढ्नु? सभापतिले एमाले बलियो भनेपछि कार्यकर्ताको मनोबल कसरी बढाउनु ? कांग्रेसको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर कसरी माओवादीलाई बोक्न सकिन्छ ?’ कोइरालाको प्रश्न गरे ।

शेखरलाई जवाफ दिँदै देउवाले आफू कांग्रेसका लागि जीवन काटेको मान्छे भएकाले आफूलाई कांग्रेसको सिद्धान्त नसिकाउन भनेका छन् । उनले माओवादीलाई गिरिजाले बोक्दा शेखरहरु किन चुप बसेको भन्दै प्रश्न गरेका थिए । ‘म कांग्रेसको सिद्धान्त कसरी तोड्छु ? माओवादीलाई मैले ल्याएको हो कि माओवादीले मलाई ? हिजो गिरिजाबाबुलाई प्रश्न गर्न सक्नुभयो ? अहिले माओवादीलाई बोक्यो भन्ने ?,’ देउवाको प्रश्न थियो ।

अघिल्लो चुनावमा गठबन्धन नगर्दा नै शेखरले निर्वाचनमा हार व्यहोर्नुपरेको देउवाको भनाइ थियो । ‘हिजो गठबन्धन नगर्दा तपाईंहरू पनि हार्नु भएको हैन ? म पनि बालबाल जितेको हुँ नि ! हिजो पनि तपाईंहरूले यसरी नै बोलेर गठबन्धन बन्न नसकेको होइन ?’ देउवाले थपे, ‘कांग्रेसको नीति सिद्धान्तका बारेमा मलाई नसिकाउनुस्। म कांग्रेसका लागि जीवन काटेको मान्छे हुँ।’

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago