काठमाडौं: बहुमूल्य बुद्धचित्त नेपालबाट कतार ट्रान्जिट हुँदै कोरियासम्म तस्करी हुने गरेको खुलेको छ। आइतबार त्रिभुवन विमानस्थलमा १ सय ४३ थान माला बरामद गरिएसँगै यस्तो तथ्य खुल्न आएको हो ।
कतार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै कोरिया जान लागेका एक कोरियन नागरिकले लुकाइछिपाई लैजान लागेको अवस्थामा माला बरामद गरिएको प्रहरीले जनाएको छ।
माला सहित राहदानी नम्बर एम ८०९०९५६४ बाहक कोरियन नागरिक सुन उङ जाङलाई प्रहरीले पक्राउ गरेको हो ।
कतार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै कोरिया जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त माला सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…