के गरे कारबाहि गर्नुपर्नेगरि मिश्रले

काठमाडौं: विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गरिने पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गरेको छ । मिश्र अफैले अध्यक्षता गरेको बैठकले मिश्रविरुद्ध विभिन्न आरोप लगाउँदै कारबाही गरिन लागिएको हो ।

१३ चैतमा पार्टी अध्यक्ष मिश्रको अध्यक्षतामा केन्द्रीय कार्यालय बघुण्डोलमा बैठक बसेको थयो । उक्त बैठकमा अध्यक्ष मिश्रको एकल निर्णय अल्पमतमा भएको हुनाले केन्द्रीय समितिको बहुमतले निर्णय गरेको थियो ।

पार्टीका ज्येष्ट नागरिक सदस्य भीमप्रसाद अधिकारीले जारी गरेको विज्ञप्तिमा अध्यक्ष मिश्रलाई कारबाही गर्नका लागि विभिन्न निर्णयहरु गरिएको उल्लेख छ । विभिन्न द्धार बुँदे निर्णयमा मिश्रले स्पष्टीकरण दिनुपर्नेसमेत उल्लख छ ।

यस्ता छन् बैठकको निर्णयः

१) चैत १३, २०७८ मा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष रविन्द्र मिश्रको बहुमत नहुँदै एकलौटी रुपमा भएको निर्णय स्वीकार्य हुन नसक्ने। विधानको धारा २१ । ९। ५ बमोजिम केन्द्रीय समितिले केन्द्रीय कार्य सम्पादन समितिको निर्णयलाई अनुमोदन, संशोधन, पुनरावलोकन, स्वीकृत वा अस्वीकृत गर्न सक्नेछ। यस अधिकारबाट केन्द्रीय समितिलाई बञ्चित गराइयो। यस कारण चैत १३, २०७८ को अध्यक्षको निर्णयहरूको औचित्य नरहने निर्णय गरियो।

२) अध्यक्ष रविन्द्र मिश्रले बैठक सञ्चालन विधान र लोकतान्त्रिक मूल्य मान्यता विपरित गरेको ठहर गरियो। पार्टीमा अलोकतान्त्रिक प्रक्रियामा काम कारबाही गरेको, र अन्य पार्टीहरूसँग एकलौटी रुपमा गरेको एकीकरणको प्रयास पार्टीको हित विपरित रहेको हुँदा अध्यक्ष रविन्द्र मिश्रमाथि केन्द्रीय समितिले बाधा अड्काउ फुकाऊ तथा खारेजी गर्न विवेकशील साझा पार्टीको विधानको धारा ७१ बमोजिम अध्यक्ष पदबाट निस्कासन किन नगरिने भनी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १८ बमोजिम स्पष्टीकरण सोधिने निर्णय गरियो। अध्यक्ष रविन्द्र मिश्रलाई ३ दिन भित्रमा स्पष्टीकरण पेस गर्न निर्देशन गरिने निर्णय गरियो।

३) स्पष्टीकरण प्राप्त भएर वैधानिक कारबाही सम्पन्न नहुँदासम्म अध्यक्ष रविन्द्र मिश्रलाई थप बैठक आह्वान गर्न रोक लगाउने, आह्वान गरेको सम्पूर्ण बैठक स्थगित गरिने, र कुनै पनि बैठकको अध्यक्षता गर्न रोक लगाउने निर्णय गरियो।

४) अध्यक्ष रविन्द्र मिश्रमाथिको कारबाही टुङ्गोमा नपुग्दा सम्म पार्टीको केन्द्रीय समितिको बैठकको अध्यक्षता, र स्पष्टीकरणको म्याद थपघट गर्ने अधिकार समितिको जेष्ठ सदस्य भिम अधिकारीमा रहने निर्णय गरियो।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago