के गरे कारबाहि गर्नुपर्नेगरि मिश्रले

काठमाडौं: विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कारबाही गरिने पार्टीको केन्द्रीय समितिको बैठकले निर्णय गरेको छ । मिश्र अफैले अध्यक्षता गरेको बैठकले मिश्रविरुद्ध विभिन्न आरोप लगाउँदै कारबाही गरिन लागिएको हो ।

१३ चैतमा पार्टी अध्यक्ष मिश्रको अध्यक्षतामा केन्द्रीय कार्यालय बघुण्डोलमा बैठक बसेको थयो । उक्त बैठकमा अध्यक्ष मिश्रको एकल निर्णय अल्पमतमा भएको हुनाले केन्द्रीय समितिको बहुमतले निर्णय गरेको थियो ।

पार्टीका ज्येष्ट नागरिक सदस्य भीमप्रसाद अधिकारीले जारी गरेको विज्ञप्तिमा अध्यक्ष मिश्रलाई कारबाही गर्नका लागि विभिन्न निर्णयहरु गरिएको उल्लेख छ । विभिन्न द्धार बुँदे निर्णयमा मिश्रले स्पष्टीकरण दिनुपर्नेसमेत उल्लख छ ।

यस्ता छन् बैठकको निर्णयः

१) चैत १३, २०७८ मा बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष रविन्द्र मिश्रको बहुमत नहुँदै एकलौटी रुपमा भएको निर्णय स्वीकार्य हुन नसक्ने। विधानको धारा २१ । ९। ५ बमोजिम केन्द्रीय समितिले केन्द्रीय कार्य सम्पादन समितिको निर्णयलाई अनुमोदन, संशोधन, पुनरावलोकन, स्वीकृत वा अस्वीकृत गर्न सक्नेछ। यस अधिकारबाट केन्द्रीय समितिलाई बञ्चित गराइयो। यस कारण चैत १३, २०७८ को अध्यक्षको निर्णयहरूको औचित्य नरहने निर्णय गरियो।

२) अध्यक्ष रविन्द्र मिश्रले बैठक सञ्चालन विधान र लोकतान्त्रिक मूल्य मान्यता विपरित गरेको ठहर गरियो। पार्टीमा अलोकतान्त्रिक प्रक्रियामा काम कारबाही गरेको, र अन्य पार्टीहरूसँग एकलौटी रुपमा गरेको एकीकरणको प्रयास पार्टीको हित विपरित रहेको हुँदा अध्यक्ष रविन्द्र मिश्रमाथि केन्द्रीय समितिले बाधा अड्काउ फुकाऊ तथा खारेजी गर्न विवेकशील साझा पार्टीको विधानको धारा ७१ बमोजिम अध्यक्ष पदबाट निस्कासन किन नगरिने भनी राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १८ बमोजिम स्पष्टीकरण सोधिने निर्णय गरियो। अध्यक्ष रविन्द्र मिश्रलाई ३ दिन भित्रमा स्पष्टीकरण पेस गर्न निर्देशन गरिने निर्णय गरियो।

३) स्पष्टीकरण प्राप्त भएर वैधानिक कारबाही सम्पन्न नहुँदासम्म अध्यक्ष रविन्द्र मिश्रलाई थप बैठक आह्वान गर्न रोक लगाउने, आह्वान गरेको सम्पूर्ण बैठक स्थगित गरिने, र कुनै पनि बैठकको अध्यक्षता गर्न रोक लगाउने निर्णय गरियो।

४) अध्यक्ष रविन्द्र मिश्रमाथिको कारबाही टुङ्गोमा नपुग्दा सम्म पार्टीको केन्द्रीय समितिको बैठकको अध्यक्षता, र स्पष्टीकरणको म्याद थपघट गर्ने अधिकार समितिको जेष्ठ सदस्य भिम अधिकारीमा रहने निर्णय गरियो।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago