प्राइममा कति तिर्नुपर्छ बोनस कर ?

काठमाडौं: प्राइम कमर्शियल बैंकले शेयरधनीलाई बोनस शेयर वितरणको लागि लाग्ने कर वापतको रकम बुझाउन सूचना प्रकाशित गरेको छ । कर रकम कति तिर्नुपर्छ भन्ने डाटाबेस पनि सूचना सार्वजनिक गरेसँगै बैंकले आफ्नाे वेवसाइमा अपलोड गरिसकेको छ ।
बैंकले कर दायित्व बाँकि रहेका शेयरधनीहरुलाई कर वापतको रकम बुझाउन आग्रह गरेको हो । सूचना अघि शेयरधनीले कर दायित्व बापत् कति रकम बुझाउनुपर्ने भन्ने विषयमा समेत अन्यौल थियो।

बैंकको २०७८ पुस ६ गते सम्पन्न १४ औ वार्षिक साधारण सभाबाट आ.व. २०७७/७८ को मुनाफाबाट शेयरधनीहरूलाई १६% बोनस शेयर पारित गरिएको तथा ०.६३१३% नगद लाभाशं बिगतका आर्थिक वर्षहरूमा बोनस शेयरहरूमा लाग्ने कर प्रयोजनार्थ छुट्टयाइएको बैंकले जनाएको छ । प्राइमले हालै मात्रै कैलाश विकास बैंकलाई आफूमा गाभेका कारण बोनस शेयरमा कर छुट रहेको छ। बैंकका एक अधिकारीले भने– ‘आव २०७४।७५ मा बोनस शेयर बापत तिर्नुपर्ने कर मर्जर तथा एक्विजिसनका कारण छुट थियो तर ओम डेभलपमेन्ट बैंकलाई प्राइम बैंकमा गाँभ्ने प्रक्रियाले मूर्त रुप लिन नसक्दा समयमा साधारण सभा हुन सकेन फलस्वरुप सो वर्षको पनि बोनस कर तिर्नुपर्ने भयो । यस वर्ष पनि लाभांश वितरण गर्दा केही नगद लाभांश घोषणा गरेको छ तर सो लाभांशले त्यो बेलाको कर नधानेका शेयरधनीलाई पुनः कर तिर्न अनुरोध गरिएको हो ।’

प्राइम बैंंकले गत वर्ष दिएको बोनस शेयर नेप्सेमा सूचीकरण भइसकेको छ । बोनस शेयर सुचीकरण भए पनि ३ वर्ष अगाडिको बोनस शेयरमा कर तिर्नुपर्ने हिसाब म्यानुएल्ली मिलान गर्नुपर्दा समय लागेको उनले प्रष्ट पारे । हालै मात्र बैंकले आफ्नो वेवसाइटमा कुन शेयरधनीले कति कर तिर्नुपर्छ भन्ने विस्तृत विवरण चेक गर्न मिल्ने डाटाबेस राखेको छ । शेयरधनीले आफ्नो डिम्याट नम्बर राख्नासाथ गत आर्थिक वर्ष घोषणा गरेको नगद लाभांशबाट कति रकम कटाएर थप कति रकम कर तिर्न बाँकी रहेको सम्पूर्ण विवरण देखाउँछ । गत वर्षको नगद लाभांशबाट कर बक्यौता चुक्ता भएको शेयरधनीको खातामा शेयर डिपोजिट गरिसकिएको उनले बताए ।

२०७६ फागुन २९ मा प्राइम कमर्सियल बैंकले साबिक कैलाश विकास बैंकलाई प्राप्ती गरेको हुँदा मिति २०७६ फागुन २८ सम्म कायम रहेको शेयरधनीहरूको कायम रहेको शेयर संख्यामा आ.व. २०७७÷७८ को वितरण हुने बोनस शेयर तथा नगद लाभाशंमा मात्र कर छुट हुने तथा गाभिएको मिति पश्चात खरिद गरेका शेयरधनीहरूको हकमा आ.ब. २०७७÷७८ को वितरण गरिने नगद लाभांश पर्याप्त नभएका शेयरधनीहरूले सो नपुग बराबरको रकम एवं विगत आर्थिक वर्षहरूको कर दायित्व बाँकी भएका शेयरधनीहरूले कर तिर्नु पर्ने छ ।

बैकले इसेवामार्फत कर जम्मा गर्दा शेयरधनी नम्बर, शेयरधनीको नाम, शेयरको प्रकार र भुक्तानी गरिने करको सम्बन्धित आर्थिक वर्ष समेत उल्लेख गरी कर तिर्न अनुरोध गरिएको छ साथै कर तिरिसकेपछि सूचनामा उल्लेख गरेको बैंकले दिएको फोन नम्बर वा इमेल आइडीमा खबर गर्न समेत सुचित गरिएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago