प्राइममा कति तिर्नुपर्छ बोनस कर ?

काठमाडौं: प्राइम कमर्शियल बैंकले शेयरधनीलाई बोनस शेयर वितरणको लागि लाग्ने कर वापतको रकम बुझाउन सूचना प्रकाशित गरेको छ । कर रकम कति तिर्नुपर्छ भन्ने डाटाबेस पनि सूचना सार्वजनिक गरेसँगै बैंकले आफ्नाे वेवसाइमा अपलोड गरिसकेको छ ।
बैंकले कर दायित्व बाँकि रहेका शेयरधनीहरुलाई कर वापतको रकम बुझाउन आग्रह गरेको हो । सूचना अघि शेयरधनीले कर दायित्व बापत् कति रकम बुझाउनुपर्ने भन्ने विषयमा समेत अन्यौल थियो।

बैंकको २०७८ पुस ६ गते सम्पन्न १४ औ वार्षिक साधारण सभाबाट आ.व. २०७७/७८ को मुनाफाबाट शेयरधनीहरूलाई १६% बोनस शेयर पारित गरिएको तथा ०.६३१३% नगद लाभाशं बिगतका आर्थिक वर्षहरूमा बोनस शेयरहरूमा लाग्ने कर प्रयोजनार्थ छुट्टयाइएको बैंकले जनाएको छ । प्राइमले हालै मात्रै कैलाश विकास बैंकलाई आफूमा गाभेका कारण बोनस शेयरमा कर छुट रहेको छ। बैंकका एक अधिकारीले भने– ‘आव २०७४।७५ मा बोनस शेयर बापत तिर्नुपर्ने कर मर्जर तथा एक्विजिसनका कारण छुट थियो तर ओम डेभलपमेन्ट बैंकलाई प्राइम बैंकमा गाँभ्ने प्रक्रियाले मूर्त रुप लिन नसक्दा समयमा साधारण सभा हुन सकेन फलस्वरुप सो वर्षको पनि बोनस कर तिर्नुपर्ने भयो । यस वर्ष पनि लाभांश वितरण गर्दा केही नगद लाभांश घोषणा गरेको छ तर सो लाभांशले त्यो बेलाको कर नधानेका शेयरधनीलाई पुनः कर तिर्न अनुरोध गरिएको हो ।’

प्राइम बैंंकले गत वर्ष दिएको बोनस शेयर नेप्सेमा सूचीकरण भइसकेको छ । बोनस शेयर सुचीकरण भए पनि ३ वर्ष अगाडिको बोनस शेयरमा कर तिर्नुपर्ने हिसाब म्यानुएल्ली मिलान गर्नुपर्दा समय लागेको उनले प्रष्ट पारे । हालै मात्र बैंकले आफ्नो वेवसाइटमा कुन शेयरधनीले कति कर तिर्नुपर्छ भन्ने विस्तृत विवरण चेक गर्न मिल्ने डाटाबेस राखेको छ । शेयरधनीले आफ्नो डिम्याट नम्बर राख्नासाथ गत आर्थिक वर्ष घोषणा गरेको नगद लाभांशबाट कति रकम कटाएर थप कति रकम कर तिर्न बाँकी रहेको सम्पूर्ण विवरण देखाउँछ । गत वर्षको नगद लाभांशबाट कर बक्यौता चुक्ता भएको शेयरधनीको खातामा शेयर डिपोजिट गरिसकिएको उनले बताए ।

२०७६ फागुन २९ मा प्राइम कमर्सियल बैंकले साबिक कैलाश विकास बैंकलाई प्राप्ती गरेको हुँदा मिति २०७६ फागुन २८ सम्म कायम रहेको शेयरधनीहरूको कायम रहेको शेयर संख्यामा आ.व. २०७७÷७८ को वितरण हुने बोनस शेयर तथा नगद लाभाशंमा मात्र कर छुट हुने तथा गाभिएको मिति पश्चात खरिद गरेका शेयरधनीहरूको हकमा आ.ब. २०७७÷७८ को वितरण गरिने नगद लाभांश पर्याप्त नभएका शेयरधनीहरूले सो नपुग बराबरको रकम एवं विगत आर्थिक वर्षहरूको कर दायित्व बाँकी भएका शेयरधनीहरूले कर तिर्नु पर्ने छ ।

बैकले इसेवामार्फत कर जम्मा गर्दा शेयरधनी नम्बर, शेयरधनीको नाम, शेयरको प्रकार र भुक्तानी गरिने करको सम्बन्धित आर्थिक वर्ष समेत उल्लेख गरी कर तिर्न अनुरोध गरिएको छ साथै कर तिरिसकेपछि सूचनामा उल्लेख गरेको बैंकले दिएको फोन नम्बर वा इमेल आइडीमा खबर गर्न समेत सुचित गरिएको छ ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago