आजपनि नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं: साताको दोस्रो कारोबार दिन पनि नेप्से घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ४१.४३ अंक घटेर बन्द भएको नेप्से, यस दिन २९.९८ अंक घटेर २५४२.२८ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ५.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९२ अंक घटेको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब ५ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २३१ स्टकको ४२ हजार ७१२ पटकको कारोबारमा २ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ बराबरको ४९ लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नेप्से ओरालो लागेपनि दुई स्टकको मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, आजदेखि दोस्रो बजारमा कारोबार शुरु भएको नेष्डो समृद्ध लघुवित्तको मूल्य यस दिन ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको आइसीएफसी फाइनान्स, सानिमा लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, ग्रीनलाइफ हाइड्रोपावर, प्रुडेन्सियल इन्स्योरेन्स, घलेम्दी हाइड्रो र प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन जीवन विकास लघुवित्त शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपि पावर कम्पनीको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

सोमबार १३ उपसमूहमध्ये १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago