आजपनि नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं: साताको दोस्रो कारोबार दिन पनि नेप्से घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ४१.४३ अंक घटेर बन्द भएको नेप्से, यस दिन २९.९८ अंक घटेर २५४२.२८ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ५.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९२ अंक घटेको छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन करिब ५ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २३१ स्टकको ४२ हजार ७१२ पटकको कारोबारमा २ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ बराबरको ४९ लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन नेप्से ओरालो लागेपनि दुई स्टकको मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, आजदेखि दोस्रो बजारमा कारोबार शुरु भएको नेष्डो समृद्ध लघुवित्तको मूल्य यस दिन ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको आइसीएफसी फाइनान्स, सानिमा लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, ग्रीनलाइफ हाइड्रोपावर, प्रुडेन्सियल इन्स्योरेन्स, घलेम्दी हाइड्रो र प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन जीवन विकास लघुवित्त शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपि पावर कम्पनीको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

सोमबार १३ उपसमूहमध्ये १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago