काठमाडौँ : २०७४ को चुनावमा एमालेको सूर्य चिह्नबाट चुनाव लडेका सांसद वृजेश गुप्ता औपचारिक रुपमा प्रवेश गर्ने भएका छन् । स्वतन्त्र राजनीतिक समूहको रुपमा हृदयेश त्रिपाठीको समूहबाट उनी एमालेसँग गठबन्धन गर्दै चुनाव जितेका थिए ।
सूर्य चिह्नबाट जितेकाले उनको कानुनी हैसियत एमालेकै सांसदको थियो । तर, हृदयेश त्रिपाठी र गुप्ताले आफूलाई स्वतन्त्र सांसदको रुपमा चिनाउँदै आएका थिए । उनीहरु तत्कालीन तमलोपा पार्टीमा थिए । तमलोपा अन्य पार्टीहरुसँग एकीकरण गर्ने निष्कर्षमा पुगेपछि त्रिपाठी, गुप्ता लगायतका नेताहरु असन्तुष्टि जनाउँदै एकीकरण प्रक्रियामा सामेल भएका थिएनन् ।
उनीहरुले स्वतन्त्र समूह बनाएर गत चुनावमा एमालेकै चिह्नमा चुनाव लड्ने गरी सहकार्य गरेका थिए । अहिले त्रिपाठी नयाँ दल गठन गरेर बसेका छन् । गुप्ता भने औपचारिक रुपमै एमालेमा समाहित हुन लागेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार कपिलवस्तुमा आयोजना हुने कार्यक्रममा गुप्तासहितलाई पार्टी प्रवेश गराउने कार्यक्रम छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…