युद्धले विश्व अटोमोबाइल उद्योगलाई कसरी गरिरहेको छ असर?

काठमाडौं: कोरोनाको कारण कार निर्माताहरुका लागि चिपको अभाव चलिरहेकै थियो। चिप अभावका कारण धेरै अटोमोबाइल उद्योगले माग अनुसार उत्पादन बजारमा ल्याउन सकेका थिएनन्। त्यसमा रुस-युक्रेन युद्धको असर पर्न थालेको छ।

रुसले युक्रेनमा आक्रमण गरेपछि अटोमोटिभ उद्योगले युक्रेन र रुसमा उत्पादन हुने कारहरु बन्द गर्न थालेका छन्। धेरै कार निर्माताहरूले रूसमा डेलिभरीहरू रोकेका छन्। त्यस्तै केही कार निर्माताहरु भने युक्रेनमा आधारित आपूर्तिकर्ताहरूबाट पार्टपुर्जाको अभावको कारण उत्पादन रोकिएको बताउँदै आएका छन्।

अहिलेसम्म प्रभावित उत्पादक समूहमा रेनो, स्टेलान्टिस र फक्सवागन समूह रहेको देखिन्छ। कार निर्माताहरूले युक्रेनमा पनि उत्पादन रोकेका छन्। धेरै अटोमोबाइल्सले रूसी साझेदारहरूसँग सम्बन्ध तोड्न थालिसकेका छन्।

रुस विश्वको आठौं ठूलो अटोमोटिभ बजार भएको देश हो। गत वर्ष लगभग १६ लाख ६६ हजार ७८० कारहरू बिक्री भएका थिए। यो तथ्यांक क्यानडा, फ्रान्स वा बेलायतमा भन्दा बढी हो। आपूर्ति श्रृंखलाहरूबाट थप गाडी उत्पादक कम्पनीहरु पनि प्रभावित हुनेछन्। कम्पनीहरूले युद्धबाट प्रभावित युक्रेनी कामदारहरूलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

जनरल मोटर्स
जनरल मोटर्सले केही व्यापार निलम्बन गरेको रोयटर्सले जनाएको छ। अमेरिकी कम्पनीले देशमा हुने सबै निर्यात रोक्ने भनेको छ। ‘हाम्रो विचार अहिले युक्रेनी जनतासँग सम्बन्धित रहेको छ। ज्यान गुमाउनु दुःखद घटना हो र हाम्रो प्रमुख चिन्ता यस क्षेत्रका मानिसहरूको सुरक्षाको लागि हो,’ कम्पनीले रोयटर्ससँग भनेको छ।

कम्पनीले रुसमा हरेक वर्ष करिब ३ हजार सवारी साधन बिक्री गर्दै आएको छ। जनरल मोटर्सको साझेदार र रूसी कार निर्माता लाडाले पनि यस समस्याहरूको सामना गरिरहेको छ। व्यापार र वित्तीय प्रतिबन्धहरू पछि हप्तामा चार दिन उत्पादन रोकेको छ।

हुन्डाई
हुन्डाईले सेमीकन्डक्टर (चिप)को अभाव भएको भन्दै रुसको सेन्ट पिटर्सबर्ग प्लान्टमा उत्पादन पाँच दिनका लागि बन्द गरेको छ। ‘सेमीकन्डक्टरको अभावका कारण आपूर्ति अवरुद्ध भएको कारण प्लान्ट अस्थायी रूपमा बन्द हुनेछ,’ एक अधिकारीले भने।

यद्यपि, कोरियाली फर्मले यो निर्णयको ‘रूस र युक्रेनसँग कुनै सम्बन्ध नभएको’ भनेको छ।

यो घोषणा भएको केही दिनमै फेरि पछिल्लो समय हुन्डाई र किया दुबैले रुसमा कार उत्पाादन बन्द गर्ने निर्णय गरेको छ।

ज्यागुअर ल्याण्ड रोभर
ज्यागुअर ल्याण्ड रोभरले रुस निकासी हुने सवारी साधनको डेलिभरी रोकेको छ। बेलायती फर्मले आफ्ना कर्मचारीका साथसाथै विस्तारित नेटवर्क भित्र रहेकाहरूको कल्याणका लागि सोच्नु पर्ने जनाएको छ।

कम्पनीले एक विज्ञप्तिमा भनेको छ, ‘वर्तमान विश्वव्यापी अवस्थाले हामीलाई व्यापारिक चुनौतीहरू पनि प्रस्तुत गर्छ। त्यसैले हामी रूसी बजारमा सवारी साधनहरूको डेलिभरी रोक्दैछौं र हाम्रो विश्वव्यापी ग्राहक आधारको तर्फबाट स्थितिलाई निरन्तर निगरानी गरिरहेका छौं।’

२०२१ मा यस कम्पनीको गाडी रुसमा ६९ हजार निर्यात भएको थियो। बेलायत, ईयू र अमेरिकाले लगाएको प्रतिबन्धले देशमा कार बेच्न कठिन भएको बीबीसीले समेत जनाएको छ ।

मर्सिडिज बेन्ज

मर्सिडीज बेन्जले युक्रेनको संकटबाट प्रभावितहरूलाई सहयोग गर्न रेडक्रसलाई १० लाख यूरो (करिब ८.४ करोड रुपैयाँ) दिने घोषणा गरेको छ।

मित्सुविसी
रोयटर्सका अनुसार मित्सुविसीले सम्भावित आपूर्ति अवरोधका कारण रसियामा सवारी साधनको उत्पादन र बिक्री स्थगित गर्न सक्ने बताएको छ। जापानी कम्पनीको यो देशमा १४१ डिलरसीपहरू छन्।

रेनो
रुसमाथि लगाइएको पश्चिमी प्रतिबन्धका कारण रेनोको सेयर ६.४ प्रतिशतले घट्न थालेको छ। फ्रान्सेली फर्मको स्वामित्वमा रूसी निर्माता एभटोभाज छ। जसले पार्टस अभावका कारण रूसमा आफ्नो सुविधामा एक दिनको लागि बन्द गरेको थियो।

अब त्यो फेरी निरन्तर हुने कम्पनीले जानकारी दिएको छ।रेनोले पहिले मस्कोमा आफ्नो कारखाना बन्द गरेको थियो। आपूर्ति समस्याको कारण यसलाई पुन: खोल्नु अघि अर्काना र क्याप्चर लगायतका मोडेलहरू उत्पादन गर्दै थिए। तर, अहिले उनीहरुले आफ्नो प्लान्ट फेरि बन्द गरेका छन्।

फ्रान्सेली अटोमेकरले भनेको छ, ‘यसले रूसको सबैभन्दा ठूलो वाहन निर्माता अटोभ्याजको स्वामित्वमा रहेको लाडा अटो होल्डिङमा यसको ६७.६१ प्रतिशत बहुमतको साथ उपलब्ध विकल्पहरूको मूल्याङ्कन गर्नेछ।’

स्टेलान्टिस
स्टेलान्टिसका सीईओ कार्लोस टाभारेसले भनेका छन्, ‘फर्मले कसरी रूसमा आफ्नो संचालनलाई परिवर्तन गर्ने भन्ने कुनै पनि निर्णय भएको छैन्। राजनीतिज्ञहरूले के निर्णय गर्न गइरहेका छन् भन्नेमा धेरै निर्भर गर्दछ।’

कम्पनीले १६ वटा ब्राण्डको गाडीहरुको डिजाइनदेखि उत्पादनसमेत गरिरहेको छ।

गत हप्ता, स्टेलान्टिसले आफ्ना ७१ युक्रेनी कर्मचारीहरूको निगरानी गर्न टास्क फोर्स स्थापना गरेको छ। पश्चिममा देशहरुले रुसमाथि लगाएका प्रतिबन्धहरूबारे टाभरेसले भने, ‘अहिलेसम्म ती प्रतिबन्धहरू धेरै लक्षित छन्। तर पक्कै पनि प्लान्टहरू चल्न नसक्ने समय आउनेछ। हामीसँग मित्सुबिसीसँग साझेदारी छ। अब उत्पादन गर्न कठिन बनेको छ।’

रुसी प्लान्टले सिट्रोन, ओपल र प्युजोबाट हल्का कमर्सियल गाडीहरू उत्पादन गर्छ र स्टेलान्टिसले ती पश्चिमी यूरोपमा निर्यात गर्न थालेको थियो।

टोयोटा
टोयोटाले आफ्नो प्लाष्टिक र इलेक्ट्रिकल कम्पोनेन्टहरू मध्ये एक आपूर्तिकर्तालाई लक्षित गरी साइबर आक्रमण गरेपछि १३ हजार कारको उत्पादन गुमेको रोयटर्सले रिपोर्ट गरेको छ।

टोयोटाले आक्रमणको लागि रुसलाई प्रत्यक्ष रूपमा दोष लगाएको छैन। तर यो जापानले आक्रमणकारी देशलाई स्वीफ्ट प्रणालीमा पहुँच गर्नबाट रुसी बैंकहरूलाई रोक लगाउने सहित पश्चिमी सहयोगीहरूसँग सामेल हुने घोषणा गरेको केही समय पछि भएको थियो।

फक्सवागन
रसियाले युक्रेनमा गरेको आक्रमणबाट बढेको आपूर्ति शृङ्खला समस्याका कारण फक्सवागनले रसियाका स्थानीय डिलरसीपहरूलाई कारको डेलिभरी रोकेको रुसी आरआईए समाचार एजेन्सीले रिपोर्ट गरेको छ।
यस हप्ता फक्सवागनको गृह देश जर्मनीका दुई कारखानाहरूमा उत्पादन धेरै दिनको लागि रोकिने कम्पनीले जनाएको छ। त्यसका लागि आवश्यक पार्ट्स युक्रेनमा बनाइएको छैन। यसले उत्पादनमा समस्या भएको कम्पनीले बताएको छ।

फक्सवागन समूहले शरणार्थी परोपकारी उनोफ्लचलाई एक मिलियन युरो दान गर्ने घोषणा समेत गरेको छ। ‘फक्सवागन समूहले युक्रेनमा रूसी आक्रमणलाई ठूलो चिन्ता र निराशाका साथ हेरेको छ,’ कम्पनीले भनेको छ, ‘अन्तर्राष्ट्रिय कानूनको आधारमा हाम्रा विचारहरू साइटमा रहेका सबै मानिसहरूसँग छन्। हाम्रा कर्मचारीहरू लगायत सबैको सुरक्षा र अखण्डता उच्च प्राथमिकता हो।’

स्कोडा
आक्रमणका कारण आपूर्तिमा आएको कमीले गर्दा स्कोडाले पनि उत्पादन घटाउनु परेको छ। स्कोडाको आपूर्ति श्रृंखलामा पश्चिमी युक्रेनमा आधारित धेरै आपूर्तिकर्ताहरू छन्। रसियामा पनि यसका दुईवटा कारखाना छन्, जुन अझै चलिरहेका छन्। तर थप अवरोधको अपेक्षा भने गरिएको छ।

‘रूस र युक्रेनमा बिक्री रणनीति हाल गहन छलफलको विषय हो। हालैका घटनाक्रमहरूलाई ध्यानमा राख्दै युक्रेन र रूस दुवैमा बिक्री घट्ने आशा गर्न सकिन्छ,’ फर्मले भन्यो। २०२१ मा रूस स्कोडाको दोस्रो ठूलो बजार थियो, जसले लगभग ९० हजार सवारी साधनहरूको डेलिभरी लिएको थियो। तर यो वर्ष त्यसको सम्भावना धेरै कम छ।

उक्त देशमा करिब ६०० कर्मचारी रहेको र सोलोमोनोभोमा गाडी उत्पादन गर्ने चेक फर्मले परोपकारी संस्था पीपल इन नीडलाई करिब ४ लाख युरो दान गर्ने बताएको छ।

कम्पनीले कुनै पनि युक्रेनी कामदारहरूलाई चेक रिपब्लिकमा सुरक्षित जीवन निर्माण गर्न सहयोग गर्ने र भिसा आवेदन, आवास, भाषा पाठ्यक्रम, रोजगारी र शिक्षा लगायतमा सहयोग गर्ने बताएको छ।

भोल्भो
भोल्भो युक्रेनमा रूसको आक्रमणको बीचमा कारबाही गर्ने पहिलो अटोमोटिभ ब्रान्ड बनेको छ। अर्को सूचना नभएसम्म यो कारको ढुवानी निलम्बन गरिएको छ।

भोल्भोले रूससँगको व्यापारिक सामग्रीसँग सम्बन्धित सम्भावित जोखिमहरू, ईयु र अमेरिका द्वारा लगाएको प्रतिबन्धहरू सहितको कारणले यो निर्णय गरेको रोयटर्सले बताएको छ।

स्वीडेनको फर्मले सन् २०२१ मा रुसमा करिब नौं हजार कार बेचेको थियो जुन स्विडेन, चीन र अमेरिकाका कारखानाबाट रुसमा आएका थिए।

बीएमडब्लु
जर्मन लक्जरी कार निर्माता बीएमडब्लुले रूसमा सवारी साधनको निर्यात बन्द गरेको र कालिनिनग्रादमा साझेदारसँग सवारी साधनहरूको संयोजन बन्द गर्ने बताएको छ।

बीएमडब्लुले यो पनि भनेको छ, ‘आपूर्ति-श्रृंखला अवरोधहरूले गर्दा उत्पादनमा समस्या आएको र युक्रेनमा केही आपूर्तिकर्ता प्लान्टहरू बन्द हुँदा केही कारखानाहरू बाट हुने उत्पादनमा असर पर्ने भएकाले रुसमा निर्यात बन्द गरिएको हो।’

पोर्श
जर्मन स्पोर्ट्स कार निर्माता पोर्शले पनि तत्काल प्रभावका साथ रसियामा कारको उत्पादन र डेलिभरी अस्थायी रूपमा रोक्ने घोषणा गरेको छ। अहिलेको अवस्थाका कारण व्यवसायिक गतिविधिमा ठूलो अवरोध भइरहेको कम्पनीले बताएको छ।

ल्याम्बोर्गिनी
फक्सवागन समूहअन्तर्गत रहेको इटालियन सुपरकार निर्माता ल्याम्बोर्गिनीले रसियामा आफ्नो व्यापार रोकेको बताएको छ। कम्पनीले युक्रेनमा मानवीय सहायताको समर्थनमा युएनएचसीआरलाई चन्दा दिने पनि थपेको छ।

अर्को इटालियन सुपरकार निर्माता फरारी पनि छ। जसले लेम्बोर्गिनी जस्तै रसियामा आफ्नो व्यवसायलाई रोक्ने बताएको छ। कार निर्माताले युक्रेनीहरूलाई खाँचोमा परेकाहरूलाई सहयोग गर्न १० लाख युरो चन्दा दिने घोषणा गरेको छ।

सुजुकीको हंगेरी शाखाले पनि युक्रेनको वर्तमान अवस्थाका कारण रुसलाई कार निर्यात बन्द गरेको घोषणा गरेको छ।

टेस्ला
टेस्लाले युक्रेनी सेनामा भर्ती भएका कर्मचारीहरूलाई कम्तिमा तीन महिनाको तलब सहयोग गर्ने बताएको छ। अमेरिकामा आधारित इभी निर्माताले रुसको छिमेकी देशमा गरेको आक्रमणको प्रभाव तीन महिनाभित्र मूल्याङ्कन गर्ने बताएको छ। टेस्लाको युक्रेनमा पाँच हजार इभी गाडी रहेको कम्पनीले जनाएको छ।

विभिन्न देशहरू र कार निर्माताहरूले रुसमाथि प्रतिबन्ध लगाएपछि पुटिनको नेतृत्वमा रहेको सरकारले यस वर्षको अन्त्यसम्म-मेडिकल उपकरण, सवारी साधन, कृषि उपकरण र थप लगायतका २०० भन्दा बढी वस्तुहरूको निर्यातमा प्रतिबन्ध लगाएका छन्।

हालका दिनहरूमा कार निर्माताहरू र ऊर्जा कम्पनीहरू लगायतका विश्वव्यापी निगमहरूले रसियासँग व्यापार सम्बन्ध तोडेका छन्। अटो मेकरहरुका अनुसार युद्धले उनीहरुलाई व्यापारिक चुनौतीहरू पनि प्रस्तुत गरेको छ।

‘त्यसैले हामी रूसी बजारमा सवारी साधनको डेलिभरीलाई रोकिरहेका छौं र हाम्रो विश्वव्यापी ग्राहक आधारको तर्फबाट स्थितिलाई निरन्तर निगरानी गरिरहेका छौं,’ एक अटो मेकरको भनाइ।

Kamal Panthi

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago