सिन्धुपाल्चोक: चौधरी फाउन्डेसनले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित गिरानचौरमा निर्माण गरेको नमुना ‘नम्डोललिङ एकीकृत बस्ती’ स्थानीयलाई हस्तान्तरण गरेको छ । फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले आइतबार ‘नम्डोललिङ बस्ती’ उद्घाटन गरी एकीकृत बस्ती तथा संस्कृति संरक्षण समितिमा आबद्ध परिवारलाई हस्तान्तरण गरेका हुन् ।
एकीकृत बस्तीमा ६२ वटा तीनकोठे पक्की (आरसिसी) घर निर्माण गरिएको छ, जुन घरमा पछि आवश्यकताअनुसार तला थप्न पनि मिल्नेछ । यस्तै, घरमा पक्की शौचालय र करेसाबारी पनि रहेको छ । ०७२ को भूकम्पले घरबारविहीन भएका गिरानचौरवासीले सहयोग मागेपछि चौधरी फाउन्डेसनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँगको सहकार्यमा उक्त बस्ती निर्माण गरिदिएको हो । डाँडामा निर्माण गरिएको एकीकृत बस्ती एउटा सिंगो गाउँजस्तै देखिन्छ । स्थानीयले श्रमदान र स्थानीयस्तरमा उपलब्ध निर्माण सामग्रीको संकलनमा सहयोग पुर्‍याएको फाउन्डेसनले जनाएको छ ।
स्थानीयलाई घर हस्तान्तरणपछि फाउन्डेसनका अध्यक्ष चौधरीले भूकम्पपीडितलाई सुन्दर बस्ती उपहार दिन पाउँदा सन्तोष लागेको बताउँदै भविष्यमा पनि यस कार्यक्रमलाई सीमान्तकृत वर्गमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । ‘हामीले भवन हस्तान्तरण गर्दैमा मात्र आफ्नो जिम्मेवारी सकिएको ठान्दैनौँ, यहाँका बासिन्दाहरूको जीवनयापनलाई सहज बनाउन पनि लागिपरेका छौँ,’ उनले भने, ‘एकीकृत बस्तीका बासिन्दालाई आर्थिक रूपले सम्पन्न बनाउने योजना पनि बनाएका छौँ ।’
फाउन्डेसनले स्थानीयवासीलाई जीविकोपार्जनका लागि सिएसइबी प्रविधिअनुसारका इँटा उत्पादन गर्ने सीप, डकर्मी, काठको काम, भवन निर्माणमा आवश्यक सीप सिकाएको जनाएको छ । चौधरीले इँटा उत्पादन गर्ने मेसिन नम्डोललिङ एकीकृत बस्तीको स्वामित्वमा रहने गरी हस्तान्तरण गरे । मेसिन र तालिममा सिकेको सीपको व्यावसायिक प्रयोग गरी आर्थिक आय–आर्जनमा अग्रसर हुन अध्यक्ष चौधरीले स्थानीय बासिन्दालाई सुझाव दिए । उनले भने, ‘तपाईंहरूले घर त पाउनुभयो, अब आफूले सिकेको सीपमार्फत जीविकोपार्जन गर्न सक्ने हुनुभयो भने म धेरै खुसी हुनेछु ।’
घर निर्माणमा प्रयोग भएका करिब दुई लाख इँटा गाउँमै तयार गरिएको थियो । यसका लागि आवश्यक उपकरण, तालिम र अन्य सामग्री फाउन्डेसनले प्रदान गरेको थियो । फाउन्डेसनले बस्तीनजिकको महाकाली माध्यमिक विद्यालयमा डिजिटल क्लासरुम पनि स्थापना गरिदिएको छ भने स्थानीय स्वास्थ्यचौकीमा उपचारका लागि आवश्यक सामग्री र उपकरणहरू उपलब्ध गराउने पनि घोषणा गरिसकेको छ ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago