सिन्धुपाल्चोक: चौधरी फाउन्डेसनले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित गिरानचौरमा निर्माण गरेको नमुना ‘नम्डोललिङ एकीकृत बस्ती’ स्थानीयलाई हस्तान्तरण गरेको छ । फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले आइतबार ‘नम्डोललिङ बस्ती’ उद्घाटन गरी एकीकृत बस्ती तथा संस्कृति संरक्षण समितिमा आबद्ध परिवारलाई हस्तान्तरण गरेका हुन् ।
एकीकृत बस्तीमा ६२ वटा तीनकोठे पक्की (आरसिसी) घर निर्माण गरिएको छ, जुन घरमा पछि आवश्यकताअनुसार तला थप्न पनि मिल्नेछ । यस्तै, घरमा पक्की शौचालय र करेसाबारी पनि रहेको छ । ०७२ को भूकम्पले घरबारविहीन भएका गिरानचौरवासीले सहयोग मागेपछि चौधरी फाउन्डेसनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँगको सहकार्यमा उक्त बस्ती निर्माण गरिदिएको हो । डाँडामा निर्माण गरिएको एकीकृत बस्ती एउटा सिंगो गाउँजस्तै देखिन्छ । स्थानीयले श्रमदान र स्थानीयस्तरमा उपलब्ध निर्माण सामग्रीको संकलनमा सहयोग पुर्‍याएको फाउन्डेसनले जनाएको छ ।
स्थानीयलाई घर हस्तान्तरणपछि फाउन्डेसनका अध्यक्ष चौधरीले भूकम्पपीडितलाई सुन्दर बस्ती उपहार दिन पाउँदा सन्तोष लागेको बताउँदै भविष्यमा पनि यस कार्यक्रमलाई सीमान्तकृत वर्गमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे । ‘हामीले भवन हस्तान्तरण गर्दैमा मात्र आफ्नो जिम्मेवारी सकिएको ठान्दैनौँ, यहाँका बासिन्दाहरूको जीवनयापनलाई सहज बनाउन पनि लागिपरेका छौँ,’ उनले भने, ‘एकीकृत बस्तीका बासिन्दालाई आर्थिक रूपले सम्पन्न बनाउने योजना पनि बनाएका छौँ ।’
फाउन्डेसनले स्थानीयवासीलाई जीविकोपार्जनका लागि सिएसइबी प्रविधिअनुसारका इँटा उत्पादन गर्ने सीप, डकर्मी, काठको काम, भवन निर्माणमा आवश्यक सीप सिकाएको जनाएको छ । चौधरीले इँटा उत्पादन गर्ने मेसिन नम्डोललिङ एकीकृत बस्तीको स्वामित्वमा रहने गरी हस्तान्तरण गरे । मेसिन र तालिममा सिकेको सीपको व्यावसायिक प्रयोग गरी आर्थिक आय–आर्जनमा अग्रसर हुन अध्यक्ष चौधरीले स्थानीय बासिन्दालाई सुझाव दिए । उनले भने, ‘तपाईंहरूले घर त पाउनुभयो, अब आफूले सिकेको सीपमार्फत जीविकोपार्जन गर्न सक्ने हुनुभयो भने म धेरै खुसी हुनेछु ।’
घर निर्माणमा प्रयोग भएका करिब दुई लाख इँटा गाउँमै तयार गरिएको थियो । यसका लागि आवश्यक उपकरण, तालिम र अन्य सामग्री फाउन्डेसनले प्रदान गरेको थियो । फाउन्डेसनले बस्तीनजिकको महाकाली माध्यमिक विद्यालयमा डिजिटल क्लासरुम पनि स्थापना गरिदिएको छ भने स्थानीय स्वास्थ्यचौकीमा उपचारका लागि आवश्यक सामग्री र उपकरणहरू उपलब्ध गराउने पनि घोषणा गरिसकेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago