उद्योग वाणिज्य संघको अध्यक्षमा थपलिया

धादिङ: धादिङ उद्योग वाणिज्य संघको १०औँ अधिवेशनबाट अध्यक्षमा विष्णुप्रसाद थपलिया निर्विरोध चयन भएका छन्। आइतबार धादिङबेँसीमा सम्पन्न अधिवेशनले थपलियाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।
संघको वरिष्ठ उपाध्यक्षमा रामकुमार डल्लाकोटी चयन भएका छन्। उत्तरी क्षेत्रीय कार्यसमितितर्फ सरोज बुढाथोकीको अध्यक्षतमा आठ सदस्यीय कार्यसमिति चयन भएको छ। यसैगरी, मध्यक्षेत्रीय कार्यसमिति नारायणकुमार श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय र दक्षिणी क्षेत्रीय कार्यसमितितर्फ उमेश रुवालीको अध्यक्षतामा आठ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।

०४८ सालमा स्थापना भएको संघको नौ कार्यकाल माओवादी केन्द्रनिकट व्यवसायीहरुले नेतृत्व गरेका थिए। नेतृत्वमा क्रमभंगता गर्दै नेपाली कांग्रेसनिकट व्यवसायी थपलिया संघको अध्यक्ष चयन भएका हुन्।
सहमतिअनुसार संघको कार्यसमितिमा अध्यक्षसहित सातजना नेपाली कांग्रेसनिकट, वरिष्ठ उपाध्यक्षसहित ११ जना माओवादी केन्द्रनिकट, सातजना एमालेनिकट, पाँचजना एकीकृत समाजवादीनिकट, एकजना जसपानिकट र एकजना राप्रपानिकट व्यवसायी चयन भएका हुन्।
चयन भएकामध्ये साबिक तीन निर्वाचन क्षेत्रबाट एक–एकजना क्षेत्रीय अध्यक्ष र एक–एकजना क्षेत्रीय प्रतिनिधि पदेन सदस्य हुने व्यवस्था संघको विधानमा रहेको छ। संघको विधानअनुसार चार उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष र तीनजना सचिव हुने व्यवस्था छ। नयाँ निर्वाचन कार्यसमितिको पहिलो बैठकले उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिवको चयन गर्नेछ ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago