उद्योग वाणिज्य संघको अध्यक्षमा थपलिया

धादिङ: धादिङ उद्योग वाणिज्य संघको १०औँ अधिवेशनबाट अध्यक्षमा विष्णुप्रसाद थपलिया निर्विरोध चयन भएका छन्। आइतबार धादिङबेँसीमा सम्पन्न अधिवेशनले थपलियाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो।
संघको वरिष्ठ उपाध्यक्षमा रामकुमार डल्लाकोटी चयन भएका छन्। उत्तरी क्षेत्रीय कार्यसमितितर्फ सरोज बुढाथोकीको अध्यक्षतमा आठ सदस्यीय कार्यसमिति चयन भएको छ। यसैगरी, मध्यक्षेत्रीय कार्यसमिति नारायणकुमार श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय र दक्षिणी क्षेत्रीय कार्यसमितितर्फ उमेश रुवालीको अध्यक्षतामा आठ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।

०४८ सालमा स्थापना भएको संघको नौ कार्यकाल माओवादी केन्द्रनिकट व्यवसायीहरुले नेतृत्व गरेका थिए। नेतृत्वमा क्रमभंगता गर्दै नेपाली कांग्रेसनिकट व्यवसायी थपलिया संघको अध्यक्ष चयन भएका हुन्।
सहमतिअनुसार संघको कार्यसमितिमा अध्यक्षसहित सातजना नेपाली कांग्रेसनिकट, वरिष्ठ उपाध्यक्षसहित ११ जना माओवादी केन्द्रनिकट, सातजना एमालेनिकट, पाँचजना एकीकृत समाजवादीनिकट, एकजना जसपानिकट र एकजना राप्रपानिकट व्यवसायी चयन भएका हुन्।
चयन भएकामध्ये साबिक तीन निर्वाचन क्षेत्रबाट एक–एकजना क्षेत्रीय अध्यक्ष र एक–एकजना क्षेत्रीय प्रतिनिधि पदेन सदस्य हुने व्यवस्था संघको विधानमा रहेको छ। संघको विधानअनुसार चार उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष र तीनजना सचिव हुने व्यवस्था छ। नयाँ निर्वाचन कार्यसमितिको पहिलो बैठकले उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिवको चयन गर्नेछ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago