काठमाडौँ: प्रतिष्ठित ओस्कर एकेडेमी अवार्ड अन्तर्गत ९४औं संस्करणका विभिन्न विधामा विजेता घोषणा भएको छ । ओस्करको ९४औं संस्करणमा सर्वोत्कृष्ट निर्देशकको उपाधि जेन क्याम्पियनले उचालेकी छन् । ‘द पावर अफ दि डग’का लागि उनले यो उपाधि पाएकी हुन् ।

यसअघि ‘पियानो’बाट निर्देशनमा मनोनयनमा परेकी उनले क्लोइ चाउ (२०२१) र क्याथ्रिन बिगलो (२०१०) पछि अस्कर जित्ने तेस्रो महिलाको इतिहास रचेकी हुन् । उनी निर्देशित फिल्म ‘पावर अफ दि डग’ सबैभन्दा धेरै विधामा मनोनयनमा पर्न सफल भएको थियो ।
साथै उत्कृष्ट फिल्मको उपाधि कोडाले जितेको छ । सियान हेडर निर्देशित फिल्मले ‘डिफ’ परिवारमा जन्मिएकी महिलाको सांगीतिक यात्राबारे कथा भनेको छ ।

यससँगै सबैभन्दा धेरै विधामा मनोनयनमा पर्ने पहिलो महिला निर्देशक पनि जेन नै हुन् । पावर अफ दि डग सँगै ओस्कर दुईपटक मनोनयनमा पर्ने महिला निर्देशकको रेकर्ड पनि जेनले तोडेकी छन् ।

यससँगै उत्कृष्ट अभिनेत्रीको उपाधि जेसिका चास्टेनले जितेकी छन् । उनले ‘द आइज अफ टेमिफेई’का लागि जितेकी हुन् ।

यस्तो ओस्कर विजेताको सूची :

अन्तराष्ट्रिय फिचर फिल्म

ड्राइभ माई कार

उत्कृष्ट फिल्म

कोडा

उत्कृष्ट निर्देशक

जेन क्याम्पियन (द पावर अफ द डग)

उत्कृष्ट अभिनेता

विल स्मिथ (किङ रिचार्ड)

उत्कृष्ट अभिनेत्री

जेसिका चास्टेन द आइज अफ टेमी फेई

उत्कृष्ट सहअभिनेता

ट्रोय कटसर (कोडा)

उत्कृष्ट सहअभिनेत्री

अरियाना डेबेस (वेस्ट साइड स्टोरी)

एनिमेटेड फिचर फिल्म

इन्कान्टो

सिनेम्याटोग्राफी

डुन (ग्रिग फ्रेसर)

कस्ट्युम डिजाइन

इन्कान्टो

डकुमेन्ट्री फिचर

समर अफ सोल

डकुमेन्ट्री सर्ट सब्जेक्ट

‘द क्वीन अफ बास्केटबल’

मेकअप एण्ड हेयर स्टाइलिङ

द आइज अफ टेमी फेई

प्रोडक्सन डिजाइन

डुन

सर्ट फिल्म (एनिमेटेड)

द विन्डशिल्ड वाईपर

सर्ट फिल्म (लाइभ एक्सन)

लङ गुडबाई

ओरिजिनल सङ

नो टाइम टु डाइ

साउन्ड

डुन

भिजुअल इफेक्ट्स

डुन

फिल्म सम्पादन

डुन (जो वाकर)

ओरिजिनल स्क्रिनप्रले

बेल फास्ट (केनिथ ब्रनाघ)

एडप्टेड स्क्रिनप्ले

कोडा (सियान हेडर)

ओरिजिनल स्कोर

डुन (ह्यान्स जिमर)

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago