काठमाडौँ: प्रतिष्ठित ओस्कर एकेडेमी अवार्ड अन्तर्गत ९४औं संस्करणका विभिन्न विधामा विजेता घोषणा भएको छ । ओस्करको ९४औं संस्करणमा सर्वोत्कृष्ट निर्देशकको उपाधि जेन क्याम्पियनले उचालेकी छन् । ‘द पावर अफ दि डग’का लागि उनले यो उपाधि पाएकी हुन् ।

यसअघि ‘पियानो’बाट निर्देशनमा मनोनयनमा परेकी उनले क्लोइ चाउ (२०२१) र क्याथ्रिन बिगलो (२०१०) पछि अस्कर जित्ने तेस्रो महिलाको इतिहास रचेकी हुन् । उनी निर्देशित फिल्म ‘पावर अफ दि डग’ सबैभन्दा धेरै विधामा मनोनयनमा पर्न सफल भएको थियो ।
साथै उत्कृष्ट फिल्मको उपाधि कोडाले जितेको छ । सियान हेडर निर्देशित फिल्मले ‘डिफ’ परिवारमा जन्मिएकी महिलाको सांगीतिक यात्राबारे कथा भनेको छ ।

यससँगै सबैभन्दा धेरै विधामा मनोनयनमा पर्ने पहिलो महिला निर्देशक पनि जेन नै हुन् । पावर अफ दि डग सँगै ओस्कर दुईपटक मनोनयनमा पर्ने महिला निर्देशकको रेकर्ड पनि जेनले तोडेकी छन् ।

यससँगै उत्कृष्ट अभिनेत्रीको उपाधि जेसिका चास्टेनले जितेकी छन् । उनले ‘द आइज अफ टेमिफेई’का लागि जितेकी हुन् ।

यस्तो ओस्कर विजेताको सूची :

अन्तराष्ट्रिय फिचर फिल्म

ड्राइभ माई कार

उत्कृष्ट फिल्म

कोडा

उत्कृष्ट निर्देशक

जेन क्याम्पियन (द पावर अफ द डग)

उत्कृष्ट अभिनेता

विल स्मिथ (किङ रिचार्ड)

उत्कृष्ट अभिनेत्री

जेसिका चास्टेन द आइज अफ टेमी फेई

उत्कृष्ट सहअभिनेता

ट्रोय कटसर (कोडा)

उत्कृष्ट सहअभिनेत्री

अरियाना डेबेस (वेस्ट साइड स्टोरी)

एनिमेटेड फिचर फिल्म

इन्कान्टो

सिनेम्याटोग्राफी

डुन (ग्रिग फ्रेसर)

कस्ट्युम डिजाइन

इन्कान्टो

डकुमेन्ट्री फिचर

समर अफ सोल

डकुमेन्ट्री सर्ट सब्जेक्ट

‘द क्वीन अफ बास्केटबल’

मेकअप एण्ड हेयर स्टाइलिङ

द आइज अफ टेमी फेई

प्रोडक्सन डिजाइन

डुन

सर्ट फिल्म (एनिमेटेड)

द विन्डशिल्ड वाईपर

सर्ट फिल्म (लाइभ एक्सन)

लङ गुडबाई

ओरिजिनल सङ

नो टाइम टु डाइ

साउन्ड

डुन

भिजुअल इफेक्ट्स

डुन

फिल्म सम्पादन

डुन (जो वाकर)

ओरिजिनल स्क्रिनप्रले

बेल फास्ट (केनिथ ब्रनाघ)

एडप्टेड स्क्रिनप्ले

कोडा (सियान हेडर)

ओरिजिनल स्कोर

डुन (ह्यान्स जिमर)

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago