साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं: साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा गर्ने र साधारणसभा प्रयोजनका लागि चैत १५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसकारण आज चैत १४ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

कम्पनीले चैत ३० गते ५५ औ वार्षिक साधारणसभा बोलाएको छ । साल्ट ट्रेडिङले साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर विशेष प्रस्तावको रुपमा पेश गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी २३ करोड ४ लाख रुपैयाँको १० प्रतिशत अर्थात २ करोड ३० लाख रुपैयाँ बोनस शेयर जारी गर्ने भएको हो । प्रस्तावित बोनस शेयर पछि कम्पनीको चुक्ता पूँजी २५ करोड ३४ लाख रुपैयाँ पुग्नेछ । कम्पनी ऐन २०६३ को दफा १०५ (१) को खण्ड (ख) बमोजिम ऋण सुविधा लिने स्वीकृती उपर छलफल गरी पारिन गर्ने विशेष प्रस्ताव रहेको छ ।

५५ औ वार्षिक साधारणसभाको लागि आर्थिक वर्ष २०७७/२०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्षको वासलात, नाफारनोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ । लेखापरीक्षण समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने निजको पारिश्रमिक अनुमोदन गर्नेछ ।

सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम चुक्ता पूँजीको शूल्य दशमलब पचास प्रतिशतका दरले नगद लाभांश बापत ११ लाख ५२ हजार ४१४ रुपैयाँ वितरण गर्न स्वीकृतिका लागि सभामा पेश गर्नेछ । यस अगाडी नियुक्त भएका सञ्चालकलाई साधारणभाले अनुमोदन गर्ने छ ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago