काठमाडौं: साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा गर्ने र साधारणसभा प्रयोजनका लागि चैत १५ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसकारण आज चैत १४ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
कम्पनीले चैत ३० गते ५५ औ वार्षिक साधारणसभा बोलाएको छ । साल्ट ट्रेडिङले साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर विशेष प्रस्तावको रुपमा पेश गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी २३ करोड ४ लाख रुपैयाँको १० प्रतिशत अर्थात २ करोड ३० लाख रुपैयाँ बोनस शेयर जारी गर्ने भएको हो । प्रस्तावित बोनस शेयर पछि कम्पनीको चुक्ता पूँजी २५ करोड ३४ लाख रुपैयाँ पुग्नेछ । कम्पनी ऐन २०६३ को दफा १०५ (१) को खण्ड (ख) बमोजिम ऋण सुविधा लिने स्वीकृती उपर छलफल गरी पारिन गर्ने विशेष प्रस्ताव रहेको छ ।
५५ औ वार्षिक साधारणसभाको लागि आर्थिक वर्ष २०७७/२०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्षको वासलात, नाफारनोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्नेछ । लेखापरीक्षण समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने निजको पारिश्रमिक अनुमोदन गर्नेछ ।
सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम चुक्ता पूँजीको शूल्य दशमलब पचास प्रतिशतका दरले नगद लाभांश बापत ११ लाख ५२ हजार ४१४ रुपैयाँ वितरण गर्न स्वीकृतिका लागि सभामा पेश गर्नेछ । यस अगाडी नियुक्त भएका सञ्चालकलाई साधारणभाले अनुमोदन गर्ने छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…