काठमाडौं: अमेरिकी सहयोग परियोना एमसीसीविरुद्धको आन्दोलन उग्र बनेपछि स्थानीय प्रशासनले वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ।

आन्दोलनकारीहरुले राजनीतिक दलका पार्टी कार्यालयसँग सार्वजनिक सम्पत्तीमा तोडफोड गरेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार बेलुका साढे सात बजेसम्मका लागि वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले आन्दोलनकारी पूर्व धुलियावीट, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे र दक्षिणमा शिवमन्दिर क्षेत्रसम्म कर्फ्यू आदेश जारी गरिएको जानकारी दिए। कर्फ्यू आदेश सोमबार राति साढे आठ बजेतिर मंगलबार राति साढे सात बजेसम्म लागू हुने छ।

संसदबाट एमसीसी पारित गरिएको विरोधमा आन्दोलनकारीहरुले सुर्खेतस्थित विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा तोडफोड गरेका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित सात राजनीतिक दल र मोर्चाले सोमबार गरेको नेपाल बन्दका बेला आन्दोलनकारीहरुले नेपाली कांग्रेस, नेकपा एमालेलगायतका पार्टी कार्यालयमा तोडफोड गरेका हुन्। आन्दोलनकारीहरुले एमाले पार्टी कार्यालयमा आगजनीको प्रयास समेत गरेका थिए।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago