काठमाडौं: नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ।
प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले अवैध रुपमा लुकाई छिपाई भन्सार छलेर ल्याएको ९४.९ ग्राम सुनको दुई थान ब्रासलेटसहित सप्तरीका ३६ वर्षीय एमडी सौकात अलीलाई आइतबार दिउँसो पक्राउ गरेको हो।
प्रहरीले कतार एअरवेजको उडानद्वारा कतारको दोहाबाट काठमाडौँ आएका अलीले जिन्सको पाइन्टको दायाँ तथा बाँयातर्फ कम्मरको भागमा बाँधेर कालो कपडाको थैलीभित्र लुकाएको अवस्थामा विमानस्थलको आगमनतर्फको पार्किङ क्षेत्रबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
पक्राउ अलीलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको छ। रासस
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…