प्रभास क्षेत्रमा महाशिबरात्री मेलाको तयारी पूरा, मणिमुकुन्देश्वोर महादेब मन्दिर झकिझकाउ

भबिन्द्र गौतम, १६ फागुन, पाल्पा ।
महाशिबरात्री पर्बको अवसरमा हुने धार्मिक मेलाको तयारी पूरा भएको छ । पाल्पाको प्रभास क्षेत्रमा हरेक बर्ष लाग्ने मेलाको तयारी सकिएको प्रभास क्षेत्र धर्म संस्कृति तथा मेलापर्व ब्यवस्थापन समिती प्रभासका सयोजक मुक्तिराम जिसिले बताउनुभयो । विभिन्न भजन कृतन सहित मुख्य प्रस्तुति कमलेश्वर महादेब शिबगण मदनपोखराको भजन कृतन हुने संयोजक जिसिले बताउनुभयो ।

मेलाको अवसरमा प्रभास बगैचामा निर्माण सम्पन्न भएको सार्बजनिक सौचालय ७ नम्बर वडा कार्यालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । उक्त सौचालय रोटरी क्लबको संयोजन र तानसेन नगरपालिकाको सहयोगमा बनेको थियो । आयोजकका अनुसार मेलामा ३० भन्दा धेरै स्टल रहने छन । प्रतियोगितात्मक कृषि प्रदर्सन, धार्मिक तथा मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रमहरु, सम्मान तथा पुरस्कार वितरणको तयारी भएको छ । मन्दिर दर्शनकालागी आउने भक्तालुहरुलाई लाइनबद्ध बनाएर दर्शनको ब्यवस्थापन गरिएको आयोजका तर्फबाट प्रभास क्षेत्रमा रहेका ७ वटा संस्थाहरुको छाता संगठन प्रभास क्षेत्र धर्म संस्कृति तथा मेलापर्व ब्यवस्थापन समिती प्रभासका संस्थापक अध्यक्ष प्रदिप खनालले बताउनुभयो । मेलाको उद्घाटन लुम्बिनी प्रदेशका उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री माननीय वीर बहादुर रानाले बिहान साढे ११ बजे गर्ने कार्यक्रम रहेको प्रभास क्षेत्र धर्म संस्कृति तथा मेलापर्व ब्यवस्थापन समितीले जनाएको छ ।

झकिझकाउ मन्दिर
महाशिवरात्रि पर्वको पूर्वसन्ध्यामा पाल्पाको प्रभास स्थित मणिमुकुन्देश्वोर मन्दिर क्षेत्र झकिझकाउ बनेको छ । अहिले मन्दिर क्षेत्रमा दर्शनार्थीको भिड लागेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बी शिवरात्रिको दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । प्रभासको महादेब मन्दिर परिसरमा अहिले भजन कृतन सहितको जाग्राम भैरहेको छ ।

हिन्दूधर्मालम्बीहरूले आराध्यदेव शिवको पूजाआराधना गरी महाशिवरात्री पर्व मनाउँदैछन् । शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।

bhabindra gautam

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago