राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष सहित ७ बन्दकर्ता प्रहरी नियन्त्रणमा

पाल्पा १६ फागुन ।
तानसेनमा ७ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । संसद बाट एमसीसी पारित भएको विरोधमा ६ वटा कम्युनिष्ट घटकले गरेको नेपाल बन्दको क्रममा  ७ जना बन्दकर्ता पक्राउ परेका हुन। तानसेनको आन्दोलन चोक, लहरेपिपलमा नाराजुलुश गर्दै एमसिसिको विरोधमा सडक तताईरहेको समयमा प्रहरीले हस्तक्षेप गरी बन्दकर्तालाई नियन्त्रणमा लिएको हो । आन्दोलनकारीले प्रहरीको घेरा तोड्दै लहरेपिपल क्षेत्र बाट  आन्दोलन चोक सम्म  जादै गर्दा  प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिएको हो ।

प्रहरी नियन्त्रणमा पर्नेहरुमा राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, कोषाध्यक्ष टिकाराम पौडेल, नेकपा माओवादी विप्लपका सचिव भुवन जिसी, अखिल क्रान्तीकारीका केन्द्रिय सदस्य लंक राना, नेकपा माओवादी क्रान्तीकारीका सचिव लिला श्रेष्ठ, अखिल क्रान्तीकारीका जिल्ला संयोजक सुदिप विश्वकर्मा, युवा संघठनका उपाध्यक्ष बेद प्रसाद विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

bhabindra gautam

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago