पाल्पा १६ फागुन ।
तानसेनमा ७ जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । संसद बाट एमसीसी पारित भएको विरोधमा ६ वटा कम्युनिष्ट घटकले गरेको नेपाल बन्दको क्रममा ७ जना बन्दकर्ता पक्राउ परेका हुन। तानसेनको आन्दोलन चोक, लहरेपिपलमा नाराजुलुश गर्दै एमसिसिको विरोधमा सडक तताईरहेको समयमा प्रहरीले हस्तक्षेप गरी बन्दकर्तालाई नियन्त्रणमा लिएको हो । आन्दोलनकारीले प्रहरीको घेरा तोड्दै लहरेपिपल क्षेत्र बाट आन्दोलन चोक सम्म जादै गर्दा प्रहरीले बन्दकर्तालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी नियन्त्रणमा पर्नेहरुमा राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, कोषाध्यक्ष टिकाराम पौडेल, नेकपा माओवादी विप्लपका सचिव भुवन जिसी, अखिल क्रान्तीकारीका केन्द्रिय सदस्य लंक राना, नेकपा माओवादी क्रान्तीकारीका सचिव लिला श्रेष्ठ, अखिल क्रान्तीकारीका जिल्ला संयोजक सुदिप विश्वकर्मा, युवा संघठनका उपाध्यक्ष बेद प्रसाद विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…