बाँके कुष्ठरोगको ‘रेड जोन’ रहेको तथ्यांक सार्वजनिक

बाँके कुष्ठरोगको ‘रेड जोन’ रहेको तथ्यांक सार्वजनिक भएको छ। प्रति १० हजार जनसंख्यामा उपचारत रहेका बिरामीहरुको प्रकोप दर एकभन्दा बढी भएका जिल्लामध्ये बाँके कपिलवस्तुपछि दोस्रो स्थानमा रहेको तथ्यांक सार्वजनिक भएको हो।

नेपाल सन २०१० मा नै निवारण अवस्थामा भए पनि बाँके भने उच्च जोखिममै थियो। यस आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) मात्र बाँकेमा ४४ जना नयाँ कुष्ठरोगीका बिरामी फेला परेका छन्। गत वर्ष एक सय २८ जनामा कुष्ठरोग देखिएको थियो।

यस वर्ष पनि सोही बराबर हुने अनुमान गरिएको छ। जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक एक फोकल पर्सन मानव नेपालीका अनुसार राप्तीसोनारीमा कुष्ठरोगका बिरामी शून्य छन्। सबैभन्दा बढी कोहलपुरमा ११, नेपालगन्ज उपमहानगरपालिकामा १३, जानकीमा ६, बैजनाथ र नरैनापुरमा पाँच÷पाँच, खजुरामा तीन र डुडुवामा एकजना कुष्ठरोगका बिरामी फेला परेका छन्।

बाँकेको जनसंख्या र सेवा क्षेत्र धेरै हुनुसँगै खुला सीमा क्षेत्रका कारण बाँकेमा कुष्ठरोग संक्रमण उच्च रहेको साइनिङ अस्पताल, सिएनएफ नेपाल बाँकेका डा.मंगलबहादुर थारुले जनाए। ‘कुष्ठरोग बाँके मात्र होइन विश्वमा नै डरलाग्दो अवस्थामा छ,’ उनी भन्छन्, ‘अरु देश केही सुधारात्मकरुपमा आइरहेका छन्।

नेपाल निवारण अवस्थामा आए पनि अपेक्षाकृतरुपमा नघट्नु लाजमर्दाे अवस्था हो।’ उनका अनुसार साइनिङ अस्पतालमा पछिल्लो ६ महिनामा आठ हजार चार सय ३२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसमध्ये ७४ जनामा कुष्ठरोग देखिएको उनको भनाइ छ। साइनिङ अस्पताल र जनस्वास्थ्य कार्यालयको तथ्यांकमा भने फरकफरक तथ्यांक उल्लेख छ।

सरकारले २०३० सम्म कुष्ठरोगमुक्त नेपालको परिकल्पना गरेको छ। यसका लागि पालिकास्तरमा कुष्ठरोगको संक्रमण रोक्ने, सही निदान, उपचार र रेफरल सुविधा उपलब्ध गराउने, सम्पर्क परीक्षण प्रणालीलाई प्रभावकारी बनाउने, कुष्ठरोगसम्बन्धी औषधि तथा सामग्रीको सही सदुपयोगलगायत गरेर कुष्ठरोगमुक्त नेपाल बनाउने परिकल्पना गरिएको डा. थारुले जनाए। ‘कुष्ठरोगमुक्त मुलुक निर्माणका लागि विभिन्न गतिविधि सञ्चालन गर्छाैं’ उनले भने, ‘यसमा राजनीतिक तथा अन्य क्षेत्रको पनि प्रतिबद्धता चाहिएको छ।’

उनका अनुसार लगातार बालबालिकालाई पाँच वर्षसम्म संक्रमण रोकियो भने कुष्ठरोग निवारण भएको मानिन्छ। यस रोगले तत्कालै ज्यान नलिए पनि मानिसलाई अपंगता बनाउने भन्दै स्वास्थ्यकर्मीहरुले शरीरमा कुष्ठरोगसम्बन्धी त्यस्ता लक्षण देखिए चिकित्सकको सम्पर्कमा जानु पर्ने बताउँदै आएका छन्।बिहीबार साइनिङ अस्पताल, सिएनएफ नेपाल बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकारहरुका लागि कुष्ठरोगसम्बन्धी अन्तरक्रिया कार्यक्रममा तथ्यांक सार्वजनिक भएको हो।

Kamal Panthi

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago