काठमाडौं – आफूहरुले पार्टीबाट सामूहिक राजीनामा दिने तयारी गरेको समाचारप्रति कुनै सत्यता नरहेको नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरुले प्रतिक्रिया दिएका छन् ।
शुक्रबार बिहान केही संचारमाध्यममा पूर्व माओवादी नेताहरुले एमाले छाड्ने तयारी गरेको भनेर प्रकाशित भएको खबरमा कुनै सत्यता नरहेको एमाले सचिव टोपबहादुर रायमाझीले बताए ।
सम्बाददातासंग कुरा गर्दै उनले एमाले त्याग्ने र अध्यक्ष केपी ओलीसंग असन्तुष्ट रहेको भन्दै आएको समाचारमा कुनै सत्यता नरहेको र त्यस्ता फेक न्युजको पछि नलाग्न पनि कार्यकर्तालाई आग्रह गरे ।
बिभिन्न सञ्चार माध्यमहरूमा उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष असन्तुष्टि नै जाहेर गरेको लगायतका समाचारहरु प्रकाशित भएका थिए । तर पूर्व माओवादी नेताहरुले भने अन्नपूर्ण टाइम्ससँग कुरा गर्दै ती सबै समाचार झुटो भएको दावी गरेका हुन् ।
अध्यक्ष ओलीले गरेका पछिल्ला निर्णयप्रति आफूहरू सन्तुष्ट रहेको र प्रकाशित भएको खबरमा कुनै सत्यता नरहेको उनीहरुको भनाइ छ ।
बाहिर आएजस्तो आफूहरूमा असन्तुष्टि नरहेको र एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित र अध्यक्ष ओलीले दिएको जिम्मेवारीमा आफूहरू सन्तुष्ट रहेको उनीहरुको भनाइ छ।
नेता रायमाझीले भने, ‘बाहिर आएका समाचार सबै फेक हुन् । हामी पार्टीमा सन्तुष्ट छौँ । एमालेको १० औँ महाधिवेशनबाट नेतृत्व चयन पछि जुन निर्णय भएका छन् । ती निर्णयहरू सही छन् । फेक न्युजको पछि नलाग्नुस् ।’
एक राष्ट्रिय दैनिकले एमालेको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा स्थायी कमिटीका सदस्य नेतृत्वले आफ्ना कुरा नसुनेको अवस्थामा सामूहिक राजीनामा दिने निष्कर्षमा उनीहरु पुगेको भनेर खबर प्रकाशित गरेको थियो । त्यस समाचारलाई विभिन्न संचारमाध्यमले साभार गरेका गिए ।
एमाले उपाध्यक्ष रामबहादुर थापा, सचिवद्वय टोपबहादुर रायमाझी र लेखराज भट्ट, स्थायी कमिटी सदस्यद्वय मणि थापा र प्रभु साह राजीनामा दिने निष्कर्षमा पुगेको भनेर स्रोतको दाबी गर्दै खबर प्रकाशित भएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…