नेता रायमाझीले भने, ‘बाहिर आएका समाचार सबै फेक हुन् ।

काठमाडौं – आफूहरुले पार्टीबाट सामूहिक राजीनामा दिने तयारी गरेको समाचारप्रति कुनै सत्यता नरहेको नेकपा एमालेमा रहेका पूर्वमाओवादी नेताहरुले प्रतिक्रिया दिएका छन् ।
शुक्रबार बिहान केही संचारमाध्यममा पूर्व माओवादी नेताहरुले एमाले छाड्ने तयारी गरेको भनेर प्रकाशित भएको खबरमा कुनै सत्यता नरहेको एमाले सचिव टोपबहादुर रायमाझीले बताए ।
सम्बाददातासंग कुरा गर्दै उनले एमाले त्याग्ने र अध्यक्ष केपी ओलीसंग असन्तुष्ट रहेको भन्दै आएको समाचारमा कुनै सत्यता नरहेको र त्यस्ता फेक न्युजको पछि नलाग्न पनि कार्यकर्तालाई आग्रह गरे ।
बिभिन्न सञ्चार माध्यमहरूमा उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष असन्तुष्टि नै जाहेर गरेको लगायतका समाचारहरु प्रकाशित भएका थिए । तर पूर्व माओवादी नेताहरुले भने अन्नपूर्ण टाइम्ससँग कुरा गर्दै ती सबै समाचार झुटो भएको दावी गरेका हुन् ।
अध्यक्ष ओलीले गरेका पछिल्ला निर्णयप्रति आफूहरू सन्तुष्ट रहेको र प्रकाशित भएको खबरमा कुनै सत्यता नरहेको उनीहरुको भनाइ छ ।
बाहिर आएजस्तो आफूहरूमा असन्तुष्टि नरहेको र एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित र अध्यक्ष ओलीले दिएको जिम्मेवारीमा आफूहरू सन्तुष्ट रहेको उनीहरुको भनाइ छ।
नेता रायमाझीले भने, ‘बाहिर आएका समाचार सबै फेक हुन् । हामी पार्टीमा सन्तुष्ट छौँ । एमालेको १० औँ महाधिवेशनबाट नेतृत्व चयन पछि जुन निर्णय भएका छन् । ती निर्णयहरू सही छन् । फेक न्युजको पछि नलाग्नुस् ।’
एक राष्ट्रिय दैनिकले एमालेको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा स्थायी कमिटीका सदस्य नेतृत्वले आफ्ना कुरा नसुनेको अवस्थामा सामूहिक राजीनामा दिने निष्कर्षमा उनीहरु पुगेको भनेर खबर प्रकाशित गरेको थियो । त्यस समाचारलाई विभिन्न संचारमाध्यमले साभार गरेका गिए ।
एमाले उपाध्यक्ष रामबहादुर थापा, सचिवद्वय टोपबहादुर रायमाझी र लेखराज भट्ट, स्थायी कमिटी सदस्यद्वय मणि थापा र प्रभु साह राजीनामा दिने निष्कर्षमा पुगेको भनेर स्रोतको दाबी गर्दै खबर प्रकाशित भएको थियो ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago