काठमाडौं। इसेवा मनी ट्रान्सफर र कतारस्थित मनी ट्रान्सफर तथा विदेशी मुद्रा एक्सचेन्जमा युनिमोनीबीच रेमिट्यान्स् कारोबार सम्झौता भएको छ। कतारमा रहेका नेपालीहरुका लागि उक्त सम्झौतासँगै घरमा पैसा पठाउन माध्यम सहज भएको छ।
अब युनिमोनीको कतारमा रहेका नौवटा शाखाहरुबाट नेपालमा इसेवामार्फत पैसा पठाउन सकिने कम्पनीले जनाएको छ। युनिमोनीका शाखाहरुबाट नेपालका ६० भन्दा धेरै बैंकका खातामा तथा इसेवा वालेटमा तत्काल रकम पठाउन सकिने बताइएको छ।
यस्तै, युनिमोनी हुँदै कतारबाट पठाएको नगद रेमिट्यान्स् नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका १० हजारभन्दा बढी रकम भुक्तानी केन्द्रबाट तुरुन्तै पाउन सकिने कम्पनीले जनाएको छ। साथै, पठाएको नगद रेमिट्यान्स् भुक्तानी केन्द्रमा नगइ सोझै इसेवा वालेटमा पाउने गरी अतिरिक्त ७७ रुपैयाँ बोनस समेत पाइने कम्पनीले जनाएको छ।
‘इसेवा मनी ट्रान्सफर र युनिमोनीबीचको सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहजता प्रदान गरेको छ। यसले कतारमा रहेका नेपाली कामदारलाई नेपाल पैसा पठाउन एउटा प्रभावकारी माध्यम थपिएको छ,’ इसेवाका सीइओ अजेस कोइरालाले भने।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…